विराटचोक,२४ पुस । कठ्याङ्रिदो जाडोको समय, त्यसैमाथी बुढ्यौली उमेर । यो समय बृद्ध बृद्धाका लागि कम्ती सकसको समय हैन । उनीहरुलाई यो समयमा जाडो छल्ने न्यानो कपडा अति आवश्यक हुन्छ । तर के गर्नु जिन्दगी अभावमा छ । बाक्लो कपडा किन्न सक्ने हैसियत सबैको कहाँ हुन्छ र ?  

321972449_1121294281853350_5829457320147562042_nतिनै जेष्ठ नागरिकलाई केही राहत होस भन्ने उदेश्यका साथ नेकपा एमाले निकट राष्ट्रिय युवा संघ सुन्दरहरैंचा नगर कमिटिले न्यानो कपडा वितरण अभियान सुरु गरेको छ । सुन्दरहरैंचा ४ स्थित बडहराका जेष्ठ नागरिकलाई युवासंघले आइतबार न्यानो कपडा वितरण गरेको हो । 

322352139_1657245251412138_241673361757294401_nकेहि दिन देखि यता अत्याधिक शितलहरको कारणले जनजिबन प्रभाबित भई न्यानो कापडाको अभावमा रहेका २० जना जेष्ठ नागरिकलाई केहि राहत होस् भन्ने उदेश्यका न्यानो कपडा वितरण गरिएको  युवासंघ मोरङका अध्यक्ष प्रविन घिमिरेले बताए । जेष्ठ नागारीकहरुको सम्मान स्वरुप यो अभियानलाई निरन्तरता दिने अध्यक्ष घिमिरेले व्याक्त गरे ।

Web_Photo_Editor (1)युवाहरुले जाडोमा न्यानो कपडा दिएर ठूलो गुण लगाएको भन्दै जेष्ठ नागरिकहरुले खुसी व्याक्त गरे । ‘समय अनुसार चिसो छल्न न्यानो कपडा पाईयो, अहिले अति आबस्यक पनि थियो, यो भन्दा खुसी अरु के हुन सकुला,’ एक जेष्ठ नागरिकले भने ।

न्यानो कपडा वितरण कार्यक्रममा युवा संघ केन्द्रिय सदस्य तथा मोरङ सहइन्चार्ज मनोज राई  प्रदेश कमिटि सदस्य जयप्रकाश रायामाझी मोरङ जिल्ला अध्यक्ष प्रविन घिमिरे सुन्दरहरैंचा नगर कमिटि अध्यक्ष भविन पाण्डे,दावा लामा, नीतेश भुजेल,सागर जमरकट्टेल, लगायत स्थानिय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । हरेक मानविय सेवामा युवासंघ सुन्दरहरैंचा नगर कमिटि पछिल्लो समयमा उदारणीय बनेको छ ।