काठमाडौं,१ माघ । पोखरामा आइतबार बिहान दुर्घटना भएको भएको यती एअरलाइन्सभन्दा संयोगबस आफू अघिल्लो विमानमा परेको गायक हेमन्त शर्माले बताएका छन्।

उनले बिहानै बाग्लुङ हुने महोत्सवमा जाने तरखरमा रहेको भन्दै फेसबुकमा स्टाटस लेखेका थिए। त्यही पोस्टको आधारमा हेमन्तलाई स्वेदश तथा विदेशबाट आफन्त तथा शुभचिन्तकले कल र म्यासेज गरिरहेको बताएका छन्।

उनी काठमाडौंबाट पोखरा उडेको १ घण्टापछि विमान दुर्घटना भएको थियो।

उनले लेखेका छन्, ‘धन्न आयोजक प्रशान्त भाइले टिकट केहि पछिको गरिदिएनछन्। आज म काठमाण्डूबाट पोखरा उडेको करिब १ घण्टा पछि काठमाण्डूबाटै पोखराको लागि उडेको जहाज़ नराम्ररी दुर्घटना ग्रस्त भएछ। सँगै वेटिङमा रहनुहुने देखादेख भएकै कत्ति यात्रु पक्कै पर्नुभयौ। साह्रै दु:ख लाग्यो। सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु...।’

दुर्घटना भएको यती एयरलाइन्सको एटीआर– ७२ विमानमा ६८ यात्रु रहेका थिए। जसमा ४ जना चालक दलका सदस्य पनि थिए। विमान यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए। 

विमान दुर्घटनामा चर्चित गिटारिस्ट निशान्त आचार्यको पनि निधन