विराटचोक,३माघ । मोरङको सुन्दरहरैंचा ५ की ९९ बर्षिया मनमाया अधिकारीले नागरिकता प्राप्त गरेकी छिन ।  अधिकारीले गत पौष २८ गते जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत नागरिकता बनाएकी हुन ।

संखुवासभाको बाह्रविशे गाविस वडा नम्बर ४ मा वि।सं १९८० चैत्र १ गते जन्मिएकी उनले ९९ सय वर्षको उमेरमा मात्र नागरिकता पाउन सफल भईन । 

 जिल्ला प्रशासन कार्यालय  मोरङका प्रमुख जिल्ला अधिकारीले उनलाई नागरिकता हस्तान्तरण गरेका छन  ।

सुन्दरहरैंचा ५ की महिला सदस्य इन्दिरा चापागाईं घिमिरे, नेकपा एमाले वडा कमिटी अध्यक्ष विशाल गुरागाईं र अनेम संघकी मिथिला अधिकारीको पहलमा वृद्धा अधिकारीलाई जिल्ला प्रशासन कार्यालय विराटनगर पुर्याएर नागरिकता प्रदान गरिएको हो ।

अधिकारीले नागरिकता पाएपछि खुशी व्यक्त गर्दै सहयोगीलाई धन्यवाद समेत दिएकी छिन ।