एजेन्सी । भारतमा यतिखेर एकजना बाबाको बारेमा धेरै चर्चा र बहस हुने गरेको छ। मध्य प्रदेशको छतरपुरस्थित बागेश्वर धाम सरकारी पीठाधीश्वर शास्त्रीमा रहेका बाबा धीन्द्र शास्त्रीको भारतका प्रायः सबै टिभि च्यानलहरूमा उनको बारेमा निरन्तर बहसहरु चलिरहेका छन ।
सामाजिक सञ्जालमा मानिसहरूले उनको समर्थन र विरोधमा आफ्नो-अपनी प्रतिक्रिया दिइरहेका छन् । तर बास्तवमा बाबा धीरेन्द्र शास्त्रीलाई अंधविश्वास फैल्याउने आरोपहरु लाग्न थालेका छन ।
रोचक समाचार-घरमा पालेको डगीलाई कुकुर भनेर बोलाउदा छिमेकीको हत्या
अचानक चर्चामा आएका बाबा धीरेन्द्र शास्त्रीको बारेमा मानिसहरु पुरै जानकारी लिन उत्सुकता भईरहेका छन् । तिनै बाबाको बारेमा हामीले पाएको केहि जानकारीहरु तपाईहरुमा प्रस्तुत गर्दैछौ ।
को हुन् बागेश्वर धामका बाबा धिरेन्द्र शास्त्री ?
बागेश्वर धाम बाबा धीरेन्द्र शास्त्रीको जन्म ४ जुलाई १९९६ मा मध्य प्रदेशको छतरपुरको गडा गाउँमा भएको थियो । उनको बुबाको नाम रामकृपाल गर्ग हो भने आमाको नाम सरोज शास्त्री हो । धीरेन्द्र शास्त्रीका एक भाइ र एक बहिनी पनि छन् । भाइको नाम शालिग्राम गर्ग हो।
भारतीय मिडियाका अनुसार धीरेन्द्र शास्त्रीले आफ्नो प्राथमिक शिक्षा गाउँबाट लिएका छन् । गञ्ज गाउँबाट हाईस्कुल र उच्च माध्यमिक शिक्षाको पढाई गरेका उनले बीएसम्म पढेका छन् ।
गरिब परिवारमा जन्मिएका शास्त्रीका बुबाले गाउँका मानिसहरूलाई सत्यनारायणको कथा सुनाउने काम गर्थे । उनकी आमा दुध बेच्ने काम गर्थिन । धीरेन्द्र शास्त्री पनि बाल्यकालमा बुबासँगै कथा बाचन गर्न जान्थे ।
तर,शास्त्रीले आफ्नो हजुरबुवालाई गुरु मान्थे,धीरेन्द्रका हजुरबुवा सिद्ध गुरु थिए। उनी हरेक मङ्गलबार र शनिबार गाउँमा सामाजिक न्यायको लागि छलफल चलाउने गर्थे । नौ वर्षको उमेरदेखि उनि पनि हजुरबुवासँग छलफलमा जान थालेका थिए ।
कस्तो चमत्कार गर्छन बाबा धीरेन्द्र शास्त्री ?
पण्डित धीरेन्द्र शास्त्रीले पर्चामा लेखेर जनताको मनकोकुरा थाहा पाउने दाबी गर्छन् । उनले एउटा टिभी कार्यक्रममा भनेका छन् -‘मा कुनै चमत्कार गर्दिन,तर मा सँग भएका राम्रा कुराहरू जनतामाझ पुर्याउँछु । जब मानिसहरू मेरो राम्रा कुराहरूबाट लाभान्वित हुन्छन्, उनीहरू आफै आईपुग्छन्।
अन्धविश्वासको आरोप लागेपछि धीरेन्द्र शास्त्रीले भने, ‘मैले अन्धविश्वास फैलाएको छैन,म भगवान हुँ भनेर कहिल्यै पनि भनेको छैन । उनले भारतको संविधानलाई उद्धृत गर्दै धारा २५ बमोजिम धार्मिक स्वतन्त्रताको हक रहेको बताए ।
बागेश्वर धाम सरकार भनेर चिनिने शास्त्रीको मध्य प्रदेशको साथै देश अन्य अन्य भागहरूमा पनि धेरै अनुयायीहरू छन्। हालै महाराष्ट्रका तर्कवादी श्याम मानवले उनलाई चमत्कार प्रमाणित गर्न चुनौती पनि दिएका छन् ।
मध्य प्रदेशको छतरपुरमा बालाजीको पूजा गरिने एउटा तीर्थस्थल छ,जसलाई बागेश्वर धाम सरकार भनिन्छ। बागेश्वर धाम महाराजको दर्शन गर्न हरेक कुनाबाट मानिसहरु आउने गर्दछन् । धीरेन्द्र शास्त्री त्याहाँका पीठाधिश्वर हुन् ।
किन विवादमा छन् धीरेन्द्र शास्त्री ?
धीरेन्द्रकृष्ण शास्त्रीले गत जनवरी १८ मा रायपुरमा धर्म परिवर्तनको विषयमा बयान दिएपछि पहिलो पटक विवादमा परेका थिए । उनले त्यसबेला धर्मान्तरण भइरहेका ठाउँमा रामकथा सुनाउने बताएका थिए ।
शास्त्रीको यस्तो बयानपछि राजनीतिकरण पनि सुरु भयो, त्यसैले उनीमाथि अन्धविश्वास फैलाएको आरोप पनि लाग्न थाल्यो । धीरेन्द्र शास्त्रीमाथि अन्धविश्वास उन्मूलन समितिले अन्धविश्वास फैलाएको आरोप लगाएको छ ।
समितिले बाबामाथि बोक्सीविद्या र अन्धविश्वास फैलाएको आरोप लगाएको छ । समितिका अध्यक्ष श्याम मानवले भने, ‘धीरेन्द्र शास्त्रीले दिव्य दरबार र प्रेत दरबारको नाममा बोक्सीविद्यालाई बढावा दिइरहेका छन् ।बाबामाथि गम्भीर आरोप लगाउँदै उनले धर्मको नाममा धीरेन्द्र शास्त्रीले जनतालाई लुट्ने प्रयास गरिरहेको बताए ।
पर्चीबाट मान्छेको भविष्य बताउने दाबी गर्ने धर्मगुरु धीरेन्द्रकृष्ण शास्त्रीलाई फोनमा ज्यान मार्ने धम्की आउने गरेको छ । शास्त्रीका भाइ लोकेश गर्गलाई सोमबार राति धम्की आएको एक प्रहरी अधिकारीले बताए ।



















