विराटचोक,२२ माघ । यूथ एडवोकेसी नेपालको मोरङ जिल्ला समिती गठन भएको छ । शनिवार सुन्दरहरैँचामा भएको मोरङ जिल्ला शाखाको साधारण सभाले सर्वजित सुवेदीको अध्यक्षतामा १५ सदस्यीय समिती चयन गरेको हो ।
त्यसैगरी महासचिवमा योगेश दाहाल सचिवमा सुजन अधिकारी कोषाध्यक्षमा समीक्षा कार्की र सदस्यहरुमा रीचन तिम्सिना,जेनिशा गिरी,जीवनकृष्ण खतिवडा लगायत रहेका छन् ।
यूथ एडवोकेसी नेपाल मोरङको संस्थापक अध्यक्ष युजिन आचार्यको अध्यक्षतामा भएको साधारण सभामा सुन्दरहरैँचा नगरपालिकाका प्रवक्ता रोशन प्रसाद ढकालको प्रमुख आथित्यता रहेको थियो भने यूथ एडवोकेसी नेपालको केन्द्रिय सचिव नारायण कडरिया विशिष्ठ आथितीमा रहेका थिए ।
नव गठित कार्य समितीलाई युवा समाजसेवी लक्ष्मी पोखरेल अध्यक्ष रोट्रयाक्ट क्लवकी मनिषा पराजुली,योगदान राष्ट्रीय को लागि सुन्दरहरैँचा अध्यक्ष रविन फुयाल युवा समाजसेवि आनन्द बस्नेत लगायतले बधाई तथा शुभकामना ब्याक्त गरेका थिए ।




















