विराटचाैक,२ फागुन । मोरङको सुन्दरहरैंचा स्थित विराटचाैकमा फागुन ७ गतेदेखि २१ गतेसम्म "विराटचोक महोत्सव २०७९ तथा फुड फेस्टिवल" हुने भएकाे छ ।
झरना युवा क्लवकाे आयाेजनामा हुने महाेत्सव प्रदेश १ का मुख्यमन्त्री हिकमतकुमार कार्कीबाट उदघाटन हुने भएको छ ।
महाेत्सवमा दैनिक रुपमा राष्ट्रिय कलाकारकाे प्रस्तुति रहने तथा विभिन्न ५० स्टल रहने मङ्गलबार आयाेजित पत्रकार सम्मेलन मार्फत महाेत्सव संयाेजक भविन पाण्डेले जानकारी दिए ।
महोत्सवको उद्देश्यहरुः
- स्थानीय सरकार साथै प्रदेश सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई ब्यापारिक कृषि तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने ग्रामिण बजारको विस्तारसंगै यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको विस्तार र प्रर्बद्धन गर्ने ।
- लोप हुन लागेका लोक कला संस्कृति साहित्यको जगेर्ना गर्ने ।
- सुन्दरहरैंचा नगरपालिका भित्र रहेका पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार गरी धार्मिक स्थलहरुको संरक्षण गर्ने ।
- यस क्षेत्रका विभिन्न जातजातिका सांस्कृतिक सामाजिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्ने ।
- स्थानिय व्यवसायलाई प्रवर्दन गर्दै यूवा उद्यमशिलतालाई प्रोत्साहन गर्ने ।
कार्यक्रमको मूख्य आयोजकः झरना यूवा क्लब,
मूख्य प्रायोजकः पि.एल.ओ. ल्युव आयल
प्रायोजकः प्रणाम इट्टा, एन,पी.ग्रुप आर.एन.जी रिअल स्टेट ग्रुप प्रा. ली.
सह–प्रायोजकः श्री जि.एन. कंक्रिट उद्योग, प्रिन्स इट्टा प्रा.लि,पि.के.कृष्ण सन्तुलित पशुदाना, कञ्चनजंगा इन्ड्रष्ट्रीज प्रा.लि. विबा लक्ष्मी ज्वेलर्स, जे.एस.आर.आरमसि
महोत्सवका विशेष आर्कषणहरुः
- मनोरञ्जनात्मक खेलहरु
- स्थानीय तथा राष्ट्रिय कलाकारहरुका साथमा दैनिक सास्कृतिक कार्यक्रमको प्रस्तुती
- विभिन्न साहित्यिक तथा नाट्य समुहबाट नाटक तथा साहित्यिक मनोरञ्जन
- दिवा र रात्री कालिन सत्रमा छुटाछुटै कार्यक्रमहरु
- फेसन शो तथा विभिन्न प्रतिभाहरुको प्रर्दशन
महोत्सवमा सहभागि हुने कलाकारहरु
मनोज गजुरेल, प्रविसा अधिकारी, म्ल्ह् च्ब्एएभ्च्, प्रमोद खरेल, कमल खत्री, एलिना चौहान, मेलिना राई प्रकाश सपुत+प्रिति आले, सुवानी मोक्तान, मन्त्र व्यान्ड, नविनके भट्टराई, लगायत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरु
महोत्सवमा राखिने स्टलहरु- दैनिक उपभोग्य बस्तु तथा सेवाहरु, जडिबुटि कृषि उत्पादन तथा कृषि प्रर्दशनी
- इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, अटोमोवायल तथा लुव्रिकेन्ट्स, मोवाइल तथा सूचना प्रविधि
- साना तथा घरेलु उत्पादन र हस्तकलाका सामग्रीहरु, गार्मेन्टस तथा फुटवेयर
- फलफूल तथा पुष्प प्रदर्शनी
- जातिय पहिचानका सामग्रीहरु
- साना तथा घरेलु उत्पादन जस्तै
- अल्लो बाट उत्पादीत कपडाहरु,वाँसको हस्तकला,ढाकाका कपडाहरु




















