• ✍️ भगवती अर्याल 

विराटचोक,३  फागुन । आमकास नेपाल मोरङको आयोजनामा सुन्दरहरैँचामा सञ्चालित तीनदिने निःशुल्क अचार बनाउने तालिम सम्पन्न भएको छ ।  संस्थाकी अध्यक्ष उमादेवी सेडाईको सभाध्यक्षता तथा नगरपालिकाकी उपमयेर अकली चौधरीको प्रमुख आतिथ्यमा मङ्गलवार कार्यक्रम सम्पन्न भएको हो ।

330382293_561099439383965_3110451398900506787_n१० न. वडा कार्यालयको  बित्तिय सहयोग भएको तालिमको समापन गर्दै उपमेयर चौधरीले सिकेको सिपलाई सहि ठाउँमा सदुपयोग गर्न तालिमका सहभागीहरुलाई आग्रह गरिन । अब हरेक महिलाहरु व्यवसायिक बन्नुपर्ने भन्दै उनले गाउँघरमा उत्पादित वस्तुहरुको व्यवस्थापन गर्न पालिकाले सहयोग गर्ने बताइन  ।

यो पनि पढौं -सुन्दरहरैँचामा "विराटचोक महोत्सव २०७९ तथा फुड फेस्टिवल" हुने,यस्तो छ महाेत्सवको आकर्षण

महिलाहरुलाई सिपको माध्यमबाट रोजगारमुखी बनाउने उदेश्यका साथ एकल तथा द्वन्द्व पिडित महिला दिदिबहिनीहरुकालागि तालिम प्रदान गरिएको १० नं वडा सदस्य ओमप्रसाद थपलियाले जानकारी दिए  ।  ४५ जना महिलाहरुको सहभागिता रहेको तालिमको  प्रशिक्षकमा  सिद्धार्थ घिमिरे रहेका थिए । तालिम अवधिभर आफ्नै हातले अचार बनाउने अभ्यास गरिएकाले घरमा अब जुनसुकै प्रकारको पनि अचार बनाउन सक्ने भएको  प्रशिक्षक  घिमिरेले बताए ।

ac2 कार्यक्रममा  कार्यपालिका सदस्य बबिता  खापुङको बिशिष्ठ आतिथ्यता रहेको  थियो भने ५ न. वडाकी  महिला सदस्य तथा आमकास नेपाल मोरङकी सस्थापक सदस्य ईन्दिरा चापागाई मेलमिलाप केन्द्र वडा न. १० की  संयोजक उमा गुरुङ्ग समाजसेवी मनमाया तामाङ्ग, शान्तीदेवी भण्डारी, तारा शाक्य लागायतको आतिथ्यता रहेको थियो ।

गत माघ २९ गते देखि सुरु भएको तालिमको समापन कर्यक्रममा  शंस्थाकी सदस्य भागिरथा चुडालले स्वागतको मन्तव्य गरेकी थिईन भने संस्थाकी सचिव ईन्दिरा प्रसाईले  कार्यक्रम सञ्चालन गरेकी थिईन  । 

330270709_500265532301234_4021729456409408348_n