विराटचोक,८ फागुन । सुन्दरहरैंचाको विराटचोकमा झरना युवा क्लब सुन्दरहरैंचाको आयोजनामा विराटचोक महोत्सव तथा फुड फेस्टिभल शुरु भएको छ । महोत्सवको प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले गरिन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले आयोजकले महोत्सवको आयोजना गरेर बचत भएको रकम सामुदायिक विद्यालयका विद्यार्थीका लागि सहयोग गर्ने उद्देश्य राख्नु सह्रानीय भएको बताइन् ।

332060233_755368696218007_4702084773752624746_n (1) अध्यक्ष्ण उद्योग वाणिज्य संघ सुन्दरहरैंचाका पूर्वअध्यक्ष नवराज चापागाईँले व्यवसायीबीच सम्बन्ध बढाउन यस्ता महोत्सवको भूमिका उल्लेखनीय हुने उल्लेख गरे । आफूलाई अप्ठ्यारो नपर्ने गरी उद्योग वाणिज्य संघले पनि महोत्सवलाई सहयोग गर्ने नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य समेत रहेका चापागाईँले बताए । प्रवेश शुल्क कम गरेर भए पनि धेरै सहभागीलाई प्रवेश गराउन सकेमा महोत्सव सफल हुने उनको सुझाव थियो ।

सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता रोशन प्रसाद ढकालले व्यवसायीका उत्पादनको बिक्री बढाउन यस्ता महोत्सव सहयोगीको रुपमा रहने उल्लेख गरे । नगरपालिकाले पनि महोत्सवलाई चासोका साथ हेरिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ९ का अध्यक्ष प्रकाश श्रेष्ठ र नेपाली कांग्रेसका नेता ललित श्रेष्ठले पनि आफ्नो भनाइ राखेका थिए ।

332375650_930413238146708_577362727152568859_nझरना युवा क्लबका अध्यक्ष प्रह्लाद पाठकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अर्जुन गजुरेलले गरेका थिए । फागुन ७ गतेदेखि २१ गते सम्म चल्ने महोत्सवको पहिलो दिनको साँझ हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलले प्रस्तुति दिएका थिए । गजुरेलले आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन गराएका थिए  ।