पथरी,१२ फागुन । माेरङको  पथरीशनिश्चरे  वडा नं १ बाट गत फागुन -८ गते सोमबारदेखि ३ जना बालिकाहरू हराईरहेका परिवारले बताएको छ।

माेरङ हस्पीटल अगाडि डेरा गरी बस्ने शिवजी शाहकी छोरी  १९ वर्ष रेनुका शाह ६० हजार रुपैयाँ र भारू ५ हजार रुपैयाँ सहित सोही वडाको  हनुमान चोक बस्ने  सरोज चौधरीको छोरी १६ वर्षे  सलिना चौधरी र रत्न चोकका दिपक धिमालकी १८ वर्षकी  नर्वदा धिमाल नजिकैको श्री पञ्चयत नमुना माविमा पढ्न भन्दै स्कुलले ड्रेस लागाएर गत फागुन -८ सोमबार बिहान १०:३० बजेदेखि हिँडे्को र हालसम्म पनि घर नफर्किएको पारिवारिक स्रोतले जनाएको छ।

 सलिनाका बुबा सरोज चौधरीको अनुसार  मलेशियाको कुनै एक कम्पनीबाट सागर नाम गरेको एक केटाले पटक-पटक  हाल सँगै हराएकी रेनुकालाई  मेसेन्जर मार्फत भिडियो कल गर्ने गरेको पनि  बताएका छन्।

हराईरहेका आफ्ना ३ जना छोरीहरुको खोजीको लागि विराटनगरको माईती नेपालमा जानकारी दिएका छन् भने ईलाका प्रहरी कार्यालय पथरीमा समेत जाहेरी दिइ सकिएको  बिनाका बुबा सरोज चौधरीले जनाएका छन्।

 पीडित परिवारले ४ दिन वितिसक्दा पनि आफ्ना छोरी नभेटिए पछि   हिजाे बुधबार  ईप्रका पथरीमा थप अनुसन्धान गरि जारी राखिदिन माग समेत गरेका थिए। हराईकीमध्ये सलिनाका बुबा सराेज चाैधरीकाे माेबाइल नम्बर  ९८० ४३४५७१० मा सम्पर्क  गरिदिनुहुन जानकारी गराएका छन्।