विराटचोक,१४ फागुन । मोरङको  सुन्दरहरैँचा नगरपालिकाले इ-रिक्साकाे ब्लुबुक वितरण सुरु गरेकाे छ । आइतबार नगरप्रमुख केदारप्रसाद गुरागाईले वडा नम्बर ५ का इ-रिक्सा चालकलाई ब्लुबुक प्रदान गरेका छन् ।

पहिलाे चरणमा आवेदन दिएका १ सय ६० जनालाई वितरण गरिने शाखा प्रमुख बासुदेव अधिकारीले बताए । याे नगरमा ६ सयकाे हाराहारीमा इ रिक्सा रहेकाे नगरप्रमुख गुरागाईले बताए ।