ग्वार्को,७ फागुन । ललितपूरको महालक्ष्मी नगरपालिकामा "जातिय छुवाछूत बिरुद्ध संबैधानिक कानुनी ब्यवस्था कार्यान्वयनको अवस्था र चुनौती" बिषयक बहस कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको आयोजना र दलित अनलाइन डटकम र उत्पीडित ससक्तिकरण तथा युवा सगठनको समन्वयमा उक्त सोमबार कार्यक्रम सम्पन्न भएको हो ।
महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोबिन्द श्रेष्ठको प्रमुख आतिथ्यता र उपप्रमुख श्रीलक्ष्मी महर्जनको बिषेश आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रसासकिय प्रमुख रोशन ज्ञवालि,वडाका वडाध्यक्षहरु कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु,संघ सस्थाका प्रतिनिधिहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको १ नम्बर वडाका सदस्य दाताराम कार्कीले जानकारी दिनु भयो ।




















