भगवती अर्याल
विराटचोक,१० चैत । नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटीले नगरमा रहनु भएका पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई जनश्रमदानमा जुट्न आव्हान गरेको छ । नगरपालिकाद्वारा वडा नं.७ स्थित गछिया खोलामा भइरहेको तटबन्धन निर्माण कार्यमा जनश्रमदानगर्न बिहिबार नगर कमिटीका अध्यक्ष मातृका प्रसाद ढकालले सूचना जारी गर्दै आव्हान गरेका हुन् ।
११ गते शनिवार बिहान ७ बजे देखि जनश्रमदानगर्न पार्टीका प्रदेश कमिटी देखि जनप्रतिनिधी र संगठित सदस्य सम्मलाई अनिवार्य उपस्थिीतका लागी नगर कमिटीले विशेष निर्देशन गरेको छ ।
नगरपालिकाद्वारा जनश्रमदानबाट तटबन्धन निर्माण कार्यको सुरुवात भएको खबरले अत्यन्तै हर्षित बनाएको कुरा अध्यक्ष ढकालले जारी गरिएको बिज्ञप्तिमा छ ।
नगरको विकासमा जनतालाई नै श्रम सँग जोडेर गरिने विकासले नगरका हरेक नागरिकले उक्त योजना प्रति गौरवबोध र अपनत्वोध गराँउने कुरा अध्यक्ष ढकालले सुचना मार्फत बताउदै पवित्रकार्यमा सहभागी भइदिनुहुन नगरवासी आमाबुबा, दाजुभाई तथा दिदिबहिनीहरूमा पनि हार्दिक आव्हान गरेका छन् ।





















