एजेन्सी। करिब ३ वर्षअघि आएको कोरोनालाई विश्वले बिर्सेर अगाडि बढिरहेको अवस्था छ । तर विश्वमा एउटा यस्तो देश पनि छ जसले अहिले आएर आफ्नो बाहिरी देशबाट प्रवेशमा निषेध हटाएको । किम जोङको देश उत्तर कोरियाले विदेशमा रहेका आफ्ना जनताका लागि त्यो प्रतिबन्ध खुला गरेको छ। उनीहरु ३ वर्षपछि घर फर्कन पाउने भएका छन् ।
विदेशबाट स्वदेश प्रवेश गरेपछि एक साता सम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ,त्यसपछि मात्रै आ–आफ्नो घर जान पाउने छन् । डिसेम्बर २०१९ मा कोरोना सुरु भएपछि जनवरी २०२० मा विश्वव्यापी प्रतिबन्धहरू सुरु भएको थियो ।
उत्तर कोरिया एसियाको एक मात्र यस्तो देश हो जसले सबैभन्दा ढिलो प्रतिबन्ध हटाउँदैछ। उत्तर कोरियाले २०२० को शुरुमा नै प्रतिबन्ध लगाएको थियो र यहाँ बाहिरी उडानमा प्रतिबन्ध लगाएको थियो।
यसै हप्ता उत्तर कोरियाबाट एउटा उडान चीन पुगेको छ,अहिले बेइजिङदेखि उत्तर कोरियाका लागि उडानहरू उपलब्ध छन्, छिट्टै रुसबाट पनि उडान सेवा सुरु गर्ने भएको छ । उत्तर कोरियाको तेक्वान्दो टोलीले भर्खरै कजाकिस्तानको पनि भ्रमण गरेका थिए,जनवरी २०२० पछि विदेशी भूमिमा आयोजित कार्यक्रममा भाग लिने पहिलो उत्तर कोरियाली टोली बनेको थियो।
जनवरी २०१९ देखि, कोरोनाले विश्वभर कहर मच्चाएको थियो, जुन अझै पनि धेरै ठाउहरूमा जारी छ। यस विश्वव्यापी महामारीका कारण विश्वमा करोडौंको मृत्यु भएको थियो र मानिसहरू लामो समयसम्म प्रतिबन्धमा थिए। उत्तर कोरियामा किम जोङ उनको अधिनायकवादका कारण अवस्था निकै खराब थियो, यस्तो अवस्थामा महामारीले यो देशलाई झनै समस्यामा पारेको थियो ।




















