काठमाडौं,१३ भदौ । पाल्पामा जीप पहिरोले पुरिंदा तीन जनाको मृत्यु छ। सो घटनामा पाँच जना घाइते भएका छन्। रिब्दिकोट -२ का वडा अध्यक्ष ओम प्रसाद पोख्रेलले जानकारी दिनु भएको छ ।
गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको स्कारपियो पाल्पाको रिब्दिकोट गाउँपालिका २ जोर्तेमा पहिरोमा पुरिएको हो। थप विवरण आउन बाँकी छ ।




















