धरान —  सुनसरीको धरानमा  एक युवतीको बीभत्स हत्या भएको छ ।इलाका प्रहरी कार्यालय धरानका अनुसार  बीभत्स ढङ्गले हत्या गरी फालिएको अवस्थामा बुधवार दिउँसो करिब १९ बर्षिया आर्यन फेस भएकी एक युवतीको शव धरानमा फेला परेको हो ।

धरान उपमहानगरपालिका-१८ स्थित घोपा क्याम्पमा निर्माणाधीन नयाँ भवन क्षेत्रको खोचमा  हत्या भएको अवस्थामा युवतीको शव फेला परेको हो।

  एक दिन अघि हत्या भएको अनुमान गरिएको भएपनि ती युवतीको पहिचान खुलेको छैन । नजिकै रहेको डिपोट स्कुलका एक शिक्षकले शव देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए ।

घटनाका बारेमा प्रहरी निरीक्षक भीम राई नेतृत्वको प्रहरीले अनुसन्धान गरिरहेको छ । तालिम प्राप्त कुकुर समेत प्रयोग गरी हत्यारा पत्ता लगाउन प्रहरीले सक्रियता बढाएको छ । मृतकको पहिचान हुन बाँकी रहेकाले कुनै युवती हराएको भए सम्पर्क गर्न आग्रह गरेको छ ।