काठमाडौं,१४भदौ।काठमाडौं महानगरपालिकाले भदौं १५ गते शुक्रबारकादिन स्थानीय बिदादिने निर्णय गरेको छ ।
महानगरले १५ भदौमा सापारू र रोपाइँ जात्राका लागि सार्वजनिक विदा दिएको हो ।
स्थानीय राजपत्रमा विदाको सूचना जारी गर्दै महानगरले परम्परालाई निरन्तरता दिएर मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न सार्वजनिक विदा दिएको जनाएको छ । महानगरपालिकाको पहिलो स्थानीय राजपत्र २०६० साल भदौ १३ गते प्रकाशित भएको थियो ।
त्यही मितिलाई आधार मानेर महानगरपालिकाले स्थानीय बिदादिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए ।
सूचना अनुसार शुक्रबार महानगरको क्षेत्र भित्र सार्वजनिक विदा हुने छ ।




















