विराटचोक,२४ भदौ । मोरङको सुन्दरहरैंचा ११ मा रहेको लालीगुराँस भजन कीर्तन समूहले तीजकाे कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार समुहको सभाहलमा भएको कार्यक्रममा बिबिध सास्कृतिक कार्यक्रम सहित तीजपर्वको शुभकामना आदान प्रदान गरिएको थियो ।
करिव दुई सयजनाको सहभागिता रहेको कार्यक्रममा सामुहिक दरखाने कार्यक्रम गरिएको समूहको सल्लाहकार समिति संयोजक कैलाश पोखरेलले जानकारी दिए ।
वडा न. ११ का वडाध्यक्ष विशनलाल चौधरीको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा लीला धमला,अम्विका श्रेष्ठ, खेमचन्द्र अधिकारील गायतको आतिथ्यता रहेको थियो ।
र्यक्रमका अतिथिहरुलाई सरिता भट्टराई,ईन्दिरा अधिकारीले व्याच वितरण गरेका थिए । कार्यक्रममा समुहका सदस्यहरु अन्जना कोईराला,यशोदा दाहाल,कोपिला घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
समूहका कार्यवाहक अध्यक्ष पोष्टकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सल्लाहकार समिति संयोजक कैलाश पोखरेलले स्वागत मन्तव्य गरेका थिए भने समूहकी सचिव तुलसा आचार्य कार्यक्रम संचालन गरेकी थिइन् ।




















