विराटचोक,३१ भदौ । मोरङको सुन्दरहरैंचामा संचालित खोर्साने मिनी महोत्सवमा आज चर्चित गायक कमल खत्री र द्रव्य ब्याण्डको प्रस्तुती हुने भएको छ ।
खोर्साने युवा क्लवको आयोजनामा सुन्दरहरैंचा १२ स्थित स्थानीय किस्ती खोलाको किनारमा संचालित तेस्रो रमाइलो मीनी मेलामा सांगेतिक माहौल बढाउन उनिहरुले धमाकेदार प्रस्तुती दिने भएका हुन् । दर्जनौ हिट गितहरु गाइसकेका कमल खत्री र द्रव्य ब्याण्ड युवाहरु माझ लोकप्रिय छन् ।
उनिहरुको सांगेतिक प्रस्तुतीले महोत्सको रौनक बढ्ने व्यवस्थापक आनन्द बस्नेतले जानकारी दिए । साझ ६ बजेदेखी बेलुकी १० बजे सम्म रिमालको सांगेतिक प्रस्तुती रहने आयोजकले बताएको छ।
असोज १३ सम्म चल्ने महोत्सबमा रोटेपिङ,झूला,ड्रागन रेल र बालबालिकाहरुका लागि मनोरन्जनका खेलहरु राखिएको महोत्सवका संयोजक मिलन तामाङलेले जानकारी दिए ।
त्यस्तै महोत्सवमा हाउजी लागायत विभिन्न खेलहरु,स्वादिष्ट परिकारका होटलहरु र व्यवस्थित पार्किङ्ग सुबिधा रहेको आयोजक क्लवका काजिहाङ्ग लिम्बूले जानकारी दिए ।



















