• जोसेफ उराव 

केराबारी,५ असोज । मोरङको केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईलाई बिदाई कार्यक्रम सम्पन्न गरिएको छ ।  छोटो कार्यकाल पुरा गरी सरूवा भएर गएका भट्टराईलाई बिहिबार गाउँपालिकाले एक कार्यक्रमकाबीच बिदाई गरेको हो । 

त्यस्तै भट्टराईको स्थानमा नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठलाई पनि स्वागत गरिएको गाउँपालिकाका प्रवक्ता नारायण भुजेलले जानकारी दिए। भट्टराई सुन्दरहरैंचा नगरपालिकाबाट सरूवा भई गत वैशाख  महिना देखि केराबारी गाउँपालिकामा कार्यरत थिए ।

381041688_765275312275086_3896374140927821560_nछोटो समयको कार्यकालमा पनि भट्टराईले केराबारी गाउँपालिकामा प्रसंसनिय काम गरेको भन्दै उनको चर्चा गरिएको थियो ।

 बिदाई भएका प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले कदर पत्र तथा मायाको चिनो प्रदान गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगर वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु र कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

380921959_642518654685565_3652060083376896548_n (1)

380954678_642521604685270_9172150240283224850_n (2)