काठमाडौं,४ कात्तिक  । बैंकिङ कसुर मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका- ६ स्थायी घर भइ हाल पोखरा बस्ने ५३ वर्षीय कमल प्रसाद श्रेष्ठ रहेका काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।

बैंकिङ कसुर मुद्दामा उनीविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । अदालतबाट पक्राउ पूर्जी जारी भएपछि श्रेष्ठ फरार थिए । श्रेष्ठलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको हो ।

पीडित विनिता पौडेलले दिएकाे उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएकाे कार्यालयले जनाएकाे छ । उनलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि प्रहरी कार्यालय कास्की पठाइएको छ ।