पथरी,१६ कात्तिक । माेरङकाे पथरीशनिश्चरे प्रीमियर लिग क्रीकेटको बिहिबारको खेलमा साबिक बिजेता सात बाघ र आइतबारे अस्त्रले जित निकाल्दा अपराजित गोर्खा लेजेण्ड पराजित बनेको छ  ।

 बिहिबारको दोश्रो खेलमा सातबाघले पहिलो जित निकाल्दा गोर्खा लिजेण्डको अपराजित यात्रामा ब्रेक लागेको छ 

९ बिकेटको जित निकालेको साबिक बिजेता सातबाघलाई प्लेअपको यात्राका लागी आजको खेल जित्नै दवाब थियो ।  लिगको पहिलो खेल जितेको सातबाघका लागी अनिस लुइटेल र फिर्दोस अन्सारी नायक बने ।

टस जितेर ब्याटिङमा उत्रीएको गोर्खालाई ८० रनमा प्याक अफ गर्‍यो ।१८ ओभर ब्याटिङ गरेको गोर्खा सातबाघका बलरका अगाडि निरिह भए । गोर्खाका ब्याष्टमेनले उल्लेखनिय पारि खेल्न सकेन्न । कुमार खडकाले २६ र योगेश श्रेष्ठले १३ रन बनाउन बाहेक अन्य ब्याष्टमेनले दोहोरो अंकको रन जोडन सकेन्न । सातबाघका फिर्दोस अन्सारीले ३ बिकेट लिदा आयुस अधिकारी र अस्विन महतले समान २-२ बिकेट लिए । अनिस लुइटेल र सिद्धार्थ धिमालले समान १- १ बिकेट हात पारे । ८१ रन को लक्ष्य ११ ओभर ३ बलमा पुरा गर्दा सातबाघले १ बिकेट गुमायो । अनिस लुइटेल ३८ रन बनाएर अबिजित रहदा सन्तोस खरेल ३६ रन बनाएर पेबलियन फर्किए । उनलाई रमेश राउतले आउट गरे । एक बल खेलेका फिर्दोसले बिजयी सर्ट खेल्दै टिमलाई बिजयी बनाए ।

फिर्दोस म्यान अफ दि म्याच घोषित भए ।

बुद्ध युनाइटेडलाई १ बिकेटले पराजित गर्दै आइतबारे अस्त्रले पथरीशनिश्चरे प्रीमियर लिगमा अपराजित यात्रा कायम राखेको छ । प्लेअफ खेल्ने सम्भाबनालाई आइतबारेले बलियो बनाउदा बुद्ध युनाइटेडले प्लेअफको यात्रा संघर्षपूर्ण बनेको छ । 

टस जितेर ब्याटिङ गरेको बुद्ध युनाइटेडले आइतबारेलाई १ सय १२ रनको सामान्य लक्ष्य दिएको थियो। २० ओभर खेल्दै ६ बिकेटको क्षतिमा १सय ११ रन बनाएको थियो। बुद्धले दिएको सामान्य  लक्ष्य  आइतबारेले १९ ओभर २ बलमा ९ बिकेटको क्षतीमा भेट्टायो ।

 आफ्नो हातबाट लगभग खेल गुमाइसकेको आइतबारेका अभिषेक बिकले सुझबुझपूर्ण  ब्याटिङ गरेर टिमलाई जित दिलाए ।१७ ओभरमा  ८८ रन बनाउदा आइतबारेले ९ बिकेट गुमाएको थियो । अन्तिम ओभर बलिङ गर्न आएका द्रोणजंग बस्नेतले लगातार एक्ट्रा रन दिदा आइतबारे खेलमा फर्कियो र लिगमा महत्त्वपूर्ण २ अंक जोडन सक्यो । निक्कै संघर्षपुर्ण जित हासिल गरेको आइतबारेका लागि नित्य खडोलियाले २५, राजकुमार मगरले २१, अभिषेक बिकले १६ र मोहमद निशारले १५ बनाए । बुद्धका सतिस यादबले ४ द्रोणजंग बस्नेत र भुपेन राईले २-२ बिकेट लिदा समीर कार्कीले १ बिकेट लिए । 

त्यस अघि ब्याटिङ गरेको बुद्धकाफ लागि समीर कार्कीले अर्धसतक बनाए पनि टिमलाई जिताउन सकेन्न । कार्कीले ६ चौका र ३ छक्काको मद्धतमा ५९ रन बनाए  । द्रोणजंगले १३ र कप्तान राकेश राईले १० रन बनाए । आइतबारेका मोहमद निशारले २ बिकेट लिदा दिपेश भण्डारी  राजकुमार मगर र अभिषेक बिकले समान एक एक बिकेट लिए ।

खेलको म्यान अफ दि म्याच अभिषेक बिक घोषित भए ।

अंक तालिकामा आइतबारे अस्त्र माथि चढ्दा जित बिहिन बनेको बुद्ध युनाइटेड  अन्तिममा रहेको छ ।