पथरी,१८ कात्तिक । आइतबारे अस्त्र अपराजित रहदै माेरङकाे पथरीशनिश्चरे प्रीमियर लिगको प्ले अफमा पुग्ने पहिलो टिम बन्दा बिरेन्द्रनगर स्टिल टाइगरले समेत प्ले अफमा पुग्ने सम्भावनालाई जिवित राखेको छ । साबिक बिजेता सात बाघ भने लिग चरण बाटै बाहिरिएको छ  । 

आइतबारेले गोर्खा लिजेण्ड माथी ७ बिकेटले जित निकाल्दा  बिरेन्द्र नगरले  सातबाघलाई १सय १६ रनले पराजित गरेको छ ।

Open photoपहिलो खेलमा टस हारेर ब्याटिङमा उत्रीएको गोर्खाले २० ओभरमा ४ बिकेट गुमाएर १ सय ६८ रन बनायो । जसमा सोलोमन राईले ३७ योगेश श्रेष्ठले ३५ समित राईले ३१  र राज पालुङाले २७ रन बनाए ।  आइतबारेका मोहम्मद निशारले २ र दिपेश भण्डारी र अभिषेक बिकले एक एक बिकेट लिए । 

१ सय ६९ रनको लक्ष्य लिएर मैदान उत्रिएको आइतबारेले १७ ओभर ३ बलमा ३ बिकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

आदर्श कार्की र नित्य खडोलियाको सतकीय साझेदारीमा आइतबारेले सुरुवाती राम्रो गर्‍यो । आदर्श कार्कीले ४१, नित्य खडोलियाले ९ छक्का ३ चौका सहित ७१ रन बनाउदा मोहम्मद निशारले ३६ रन बनाए । गोर्खाका रमेश राउतले २ र ज्ञानेन्द्र श्रेष्ठले १ बिकेट लिए । खेलको म्यान अफ दि म्याच आइतबारेका मोहम्मद निशार घोषित भए ।

दोश्रो खेलमा टस जितेर ब्याटिङ गरेको बिरेन्द्रनगरले २० ओभरमा ६ बिकेटको क्षतीमा १ सय ७१ रनको विशाल योगफल तय गर्‍यो । जसमा सागर कटुवाल  ७ छक्का र ४ चौकाको मद्धतले ७५ रन प्रहार गरे । आकाश खत्री ३१ र रेवत थक्सु २२ रन बनाए । सातबाघका सिद्धार्थ धिमालले २ तथा आस्विन महत आयुस अघिकारी र फिर्दोस अन्सारीले समान १-१ बिकेट लिए ।   १ सय ७२ रनको लक्ष्य पुर्‍याउन मैदान छिरेको सातबाघ ५५ रन मै अल आउट भयो ।

Open photoसातबाघलाई सस्तैमा समेटन रेवत थक्सु र सुदिप चौधरीले समान ३-३ बिकेट लिए ।सुरज न्यौपाने ले २ बिकेट  लिदा नेल्सन दंगालका नाममा १ बिकेट रह्यो । आयुस अधिकारीले १९ रन बनाउन बाहेक अन्य ब्याटमेनले दोहोरो अंकको रन बनाउन सकेन्न ।

खेलको म्यान अफ दि म्याच अर्धसतक रन बनाएका सागर कटुवाल घोषित भए । आइतबारको पहिलो खेल बुद्ध युनाइटेड  र रोयल किङ भिडने छन । 

लिग तालिकामा ४ खेल खेलेको आइतबारेको ८ अंक भने दुई हार ब्योहोरेको गोर्खाको ६ र बिरेन्द्रनगरको समेत समान ६ अंक रहेको छ । बिरेन्द्रनगरको यो जित संगै प्ले अफ खेल्ने टोलीमा समेत रोचकता थपिएको छ ।

Open photo