पथरी,२४ कात्तिक । माेरङकाे पथरीशनिश्चरेमा जारी पथरीशनिश्चरे प्रीमियर लिग क्रीकेटको चौथो संस्करणको दोश्रो क्लालिफायरमा रोयल किङलाई ३३ रनले पराजित गर्दै गोर्खा लिजेण्ड फाइनलमा प्रवेश गरेको छ । बिहीबारको दोश्रो क्लालिफायरमा गोर्खाले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको रोयलले ११४ रन मात्र बनायो ।
रोयलका लागि शिवम यादबले अर्धसतक पारि खेले पनि टिमलाई फाइलन सम्म पुर्याउन सकेन्न । यादबले ६६ रन बनाएर सोलोमन राईको बलमा आउट भए । यादबले आक्रमक पारि खेल्दै ६ छक्का ५ चौका प्रहार गरे । रोयलका लागी एन्जल राईले १५ र राज बस्नेतले १४ रन बनाए । रोयललाई रोक्न गोर्खाका आभाष पाहिमले एक्लै ४ बिकेट लिए । सोलोमन राईले २ र सुजन थपलिया र फडिन्द्र पौडेलले समान १-१ बिकेट लिए ।
त्यस अघि टस हारेर ब्याटिङ गरेको गोर्खाले ८ बिकेटको क्षतीमा १सय ५७ रन बनायो । जसका लागी राज पालुङाले अर्धसतक बनाए । ८ छक्का र ५ चौकको मद्धतले ७४ रनको पारि खेले । राजको लिगमा यो तेश्रो अर्धसतक हो । समित राईले ३४ र सोलोमन राईले १३ रन बनाए । रोयलका दिवस राजबंशी, सोनु मण्डल र सुवास भण्डारीले समान २-२ बिकेट लिदा शिवम यादबले १ बिकेट लिए । खेलको म्यान अफ दि म्याच गोर्खाका राज पालुङा घोषित भए ।
शनिबार फाइनल खेल हुनेछ । आइतबारे अस्त्र यस अघि नै फाइलनमा प्रवेश गरिसकेको छ ।रोयलले इलिमेटरमा बिरेन्द्रनगर स्टिल टाइगरलाई पराजित गरेर दोश्रो क्यालिफायर खेलेको हो भने पहिलो क्लालिफायरमा आइतबारे सँग पराजित भएर गोर्खाले रोयल संग भिडेको हो ।
बिजेताले १ लाख ३१ हजार र ट्रफी प्राप्त गर्दा उपबिजेताले ७१ हजार १ सय रुपया प्राप्त गर्ने छ नगर भित्रका ७ फ्रेन्चाइज टिम यो संस्करणमा प्रतिस्पर्धा गरेका थिए ।
कार्तिक १० बाट सुरु भएको लिगमा यस पटक नगर बाहिरका खेलाडी समेत समावेश भएपछि लिगको रौनक बढेको हो । प्रदेश स्तरमा प्रर्दशन गरेका क्रीकेट खेलाडिले आफ्नो खेल कौशल मैदानमा देखाएका थिए ।




















