काठमाडौं,१८ मंसिर । दक्षिण भारतीय फिल्म 'पुष्पा २' छायांकन रोकिएको छ।अभिनेता अल्लु अर्जुन घाइते भएपछि फिल्मको छायांकन रोकिएको हो। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार छायांकनको क्रममा उनको पिठ्युमा चोट लागेको छ। यसकारण निर्माण टिमले छायांकन मिति सारेका हुन्।
अल्लु ठिक नभएसम्म फिल्मको छायांकन नहुने निर्माण टिमले बताएका छन्। उनी अहिले आराम गर्दैछन्।
दक्षिण भारतीय फिल्म क्षेत्रका चर्चित अभिनेता हुन् अल्लु अर्जुन। उनी दर्शकको मन जित्न सफल भएका छन्। उनले 'पुष्पा' मा दमदार अभिनय गरेका थिए।



















