पथरी,२४ मंसिर । मोरङको पथरी शनिश्चरेमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन गरिएको छ ।
नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा वडा नं. ४ को बुद्धचौकमा आइतबार उक्त सडक नाटक प्रदर्शन गरिएको हो ।
नाटक हेर्न स्थानीय वडावासी र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
दोबाटे समूहका कलाकारहरु हरेन्द्र खत्री, भीष्म न्यौपाने, पूर्णकला राई, प्रेम गुरुङ, मेनुका कुलुङ, विक्रम धिमाल, दिपा ढकाल लगायत कलाकारको प्रस्तुति रहेको नाटकलाई सबैले रुचाएका थिए । नाटकको निर्देशन हरेन्द्र खत्री र भीष्म न्यौपानेले गरेका हुन् ।
सडक नाटक प्रर्दशनमा वडा नं. ४ का अध्यक्ष लोककिरण न्यौपाने, वडा सदस्य कल्पना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । यस्तै पथरीशनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेको अध्यक्षता रहेको थियो । सडक नाटक प्रदर्शनी आजबाट समापन भएको छ ।





















