विराटचोक,२९ मंसिर । मोरङको बेलबारीबाट प्रदेश प्रहरी अस्पताल सुनसरीको ईनरुवा सारिएपछि शुक्रबार दिउँसो सडकमै बिरोधसमा गरिएको छ ।
मंसिर २६ गते मध्यरातमा अस्पताल सारिएपछि उद्योग बाणिज्य संघ बेलबारीको आयोजनामा शुक्रबार दिउँसो सडकमै बिरोधसमा गरिएको हो ।
यसअघि प्रदेश प्रहरी अस्पताल रहेको स्थानको गेट आगाडी सडक समेत अबरोध गरी बिरोधसभा आयोजना गरिएको थियो । सभाका कारण करिब १५ मिनेट पुर्वपश्चिम लोकमार्ग समेत अबरुद्ध भएको थियो ।
बेलबारीबाट अन्यत्र गएको अस्पताल बेलबारीमै फिर्ता ल्याउन दबाब दिने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको उद्योग बाणिज्य संघ बेलबारीका अध्यक्ष भेषकुमार श्रेष्ठ (अशोक) ले बताए ।
अस्पताल सारिएको विरोधमा बेलबारीका स्थानीय जनताहरुले चर्का नारावाजी गरेका थिए । गत वर्षको फागुन १० गते नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले १५ बेड क्षमताको उक्त अस्पताल उद्घाटन गरेका थिए ।





















