पथरी,३० मंसिर । मोरङको पथरी शनिश्चरेमा सामूहिक लोक नृत्य नगर च्याम्पियन २०८० सम्पन्न भएको छ । ‘नेपाली लोक संस्कृतिको संरक्षण, युवा तथा नयाँ पुस्तामा जागरण’ भन्ने मूल नाराको साथ शनिबार लोक नृत्य नगर च्याम्पियन सम्पन्न भएको हो ।

शनिबार  पथरी शनिश्चरे नगरपालिकाको  २ न.वडाको आयोजनामा बुद्ध चौकमा भएको सो कार्यक्रममा नगरभरिका संघ, संस्था तथा विद्यालयहरु गरी जम्मा १० वटा समूहले प्रतियोगितामा सहभागिता रहेको वडा अध्यक्ष नैना राईले जानकारी दिए  ।

No description available.उक्त  कार्यक्रममा किरात राई यायोक्खा पथरीशनिश्चरे प्रथम, सुजना डान्स सेन्टर वडा नं. १० दोस्रो र रेडस्टार बोर्डिङ स्कुल वडा नं. २ तेस्रो स्थान ओगट्न सफल भएका थिए  । प्रतियोगिताका विजेताहरूलाई क्रमशः २०, हजार ,१५ हजार र १० हजार नगदसहित प्रमाण पत्र,ट्रफी आदिले पुरस्कृत गरिएको थियो।

नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले प्रमुख आतिथिको तर्फबाट नगरमा रहेका मौलिक लोक संस्कृतिको जगेर्ना गर्नु पर्ने बताउदैं यो नृत्यको आयोजना गरिएकोमा सराहना व्यक्त गरे। सोहि क्रममा नगरप्रमुख तुम्वापोको बाहुलीबाट वडा कार्यालयले सोहि वडाको पञ्चेबाजा समूहलाई हस्तान्तरण गरेका थिए।

वडा अध्यक्ष नैना साम्पाङ राईको कार्यक्रमको अध्यक्षतामा सम्पन्न   भएको सो कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य चन्द्र कुमार राईले राखेका थिए।  उक्त  कार्यक्रममा सिड्लिङ मन्टेश्वरीका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका  थिए ।

उक्त अवसरमा जनवादी गायक वीरध्वज शिवा,गायक आशिष जैरू, गायक पुष्प राई,गायक जगत राई, गायक नन्दु गुरुङ आ -आफ्ना  दमदार गीतहरू गाएर दर्शक तथा श्राेताहरूको मन खिच्न सफल भएका थिए।

No description available.

No description available.No description available.No description available.No description available.