काठमाडौं,१ पुस । मोरङको बेलबारीबाट प्रदेश प्रहरी अस्पताल सुनसरीको ईनरुवा सारिएपछि पुन स्थापनाको माग गर्दै मोरङका सर्वदलीय नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संग भेटवार्ता गर्नुभएको छ । उहाँहरुले आईतवार प्रधानमन्त्री प्रचण्डलाई भेटेर प्रदेश प्रहरी अस्पताललाई पुन बेलबारीमै स्थापित गराउन माग गर्नु भएको हो ।

भेटवार्ता सकारात्मक र उपलब्धि मुलक बनेको नेकपा एमाले मोरङका सचिवालय सदस्य इरान राईले जानकारी दिनु भयो। बेलबारी वासीको उक्त माग प्रति "प्रधानमन्त्री ज्यु सकारात्मक हुनुभएको छ त्यसैले पनि हामी ढुक्क छौँ " एमाले नेता राईले भन्नु भयो ।

प्रधानमन्त्री प्रचण्ड संगको भेटवार्तामा मोरङ क्षेत्र न. १ का संघिय सांसद एवम युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बू सहित बेलबारीका मेयर दिल प्रसाद राई,उपमेयर नितु थापा  कोईराला, राष्ट्रिय सभा सदस्य विना पोख्रेल,कोशी प्रदेश  सांसदहरु ज्ञानेन्द्र सुवेदी, मान बहादुर लिम्बू,गिता तिम्सिना,नेकपा एमाले मोरङका सचिवालय सदस्य इरान राई,नेपाली कांग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी कांग्रेस नेता डिल्लीराम गिरी,नेपाली कांग्रेस बेलबारीका सभापति  छत्र लिम्बू,नेकपा माओवादी  केन्द्रका नेता सावित्री कुमार काफ्ले, तिलक प्रसाद राई र नेकपा माओवादी केन्द्र बेलबारीका अध्यक्ष परशुराम सुवेदी लगायत रहनु भएको छ । 

गत वर्षको फागुन १० गते नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले उदघाटन गर्नुभएको १५ बेड क्षमताको उक्त अस्पताल रातारात मंसिर २६ गते सुनसरीको ईनरुवा सारिएको थियो । अस्पताल सारिएपछि यतिखेर बेलबारी वासीहरु आन्दोलित भएका छन् । 

Untitled-3 (1) 1