विराटचोक,९ पुस । ताप्लेजुङको फुङलिङमा जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कपको सेमिफाइनल खेलबाट मोरङको सुन्दरहरैँचा स्थित सगरमाथा युथ क्लब फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको दोश्रो सेमिफाइनल खेलमा पाँचथरको पाँचथर फुटबल क्लबलाई ट्राइबेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै सगरमाथा फाइनलमा प्रबेश गरेको हो ।
निर्धारीतसमय अवधिमा दुवै तर्फ एक एक गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलीएको थियो । यो सँगै सगरमाथालले फाइनलका लागि चक्रघट्टी फुटबल क्लब सुनसरीसँग भिड्ने पक्का भएको छ ।
आइतबार भएको सेमिफाइनलको पहिलो खेलमा सुनसरीले आठराई गाउँपालिका तेह्रथुमलाई १–० गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । गत पुष ४ गतेदेखि सुरु भएको फाइनल खेल फाइनल खेल पुष ११ गते बुधबार हुँदै छ । चासोक तङनामको अवसरमा कञ्चनजंघा फुङलिङ क्लब, ङा वोरक सङजुम्भो र चासोक तङनाम सञ्चालक समितिको संयुक्त पहलमा प्रतियोगिता आयोजना गरिएको हो ।
गत पुष ४ गतेदेखि सुरु भएको फुटबल खेलको फाइनल खेल पुष ११ गते हुँदैछ । खेलको विजेताले नगद ३ लाख २ हजार ८० र उपविजेताले १ लाख ५१ हजार ८० सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।




















