काठमाडौं,१७ पुस । दाेस्राे संस्करणकाे केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसीप प्रतियाेगिता फागुन ११ गतेदेखि सुरु हुने भएकाे छ ।

नेकपा एमालेको भ्रातृ  संगठन राष्ट्रिय युवा संघ नेपालकाे आयाेजनामा हुने प्रतियाेगिता फागुन ११ गतेलदेखि २० गतेसम्म चल्नेछ । प्रतियोगिताका खेलहरु च्यासलस्थित मैदानमा हुनेछन् । फाइनल खेल भने दशरथ रंगशालमा खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५०-५० हजार रुपैयाँ पाउने छन् ।म्यान अफ दि म्याचलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

गत वर्ष भएको पहिलो संस्करणमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई हराएर उपाधि जितेको थियो ।