पथरी । भ्वाइस अफ नेपाल सिजन ५ का टप ५ मा सफल विनोद राई यतिवेला पूर्वी नेपालका विभिन्न स्थानमा पुगेर आफूलाई अत्याधिक भोट गरी जिताउन देशदौडाहामा निस्किएका छन्।

भ्वाइसको फिनाले आगामी शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुँने निश्चित भएपछि उनी यतिवेला पूर्वी नेपालदेखि देशदौडाहाका क्रममा आइतबार  पथरीशनिश्चरेमा आईपुगे ।

 झापा, मोरङ र सुनसरीका प्रमुख शहरहरुमा पुगेर आजै उनले आफूलाई अत्याधिक भोट गरी विजयी तुल्याउन  सबै दर्शक , स्रोता र शुभेच्छुकहरूमा हार्दिक अनुरोध गरेका छन्।414569444_1218320485791547_406260084833217195_nटीम मिलन नेवारबाट विनोद उनीसहित टीम प्रमोद खरेलबाट नोगेन लिम्बु, टीम राजेशपायल राईबाट मकरबहादुर योञ्जन र टीम उदय सोताङबाट कुमार प्रयास राई फाइनलिस्ट बनेका छन् । उनीहरू चारैजनाको लागि फाइनलिस्टको भोटिङ पनि खुला भैसकेको छ । पथरीशनिश्चरे -१ को लोकतान्त्रिक चोकमा पनि आयोजित संक्षिप्त सभामा उनले केही गीतहरू पनि प्रस्तुत गरेका थिए।404590994_2546948472153619_6364268016964479479_n

 सोहि क्रममा पथरीशनिश्चरेका वरिष्ठ रंगकर्मी तथा अभिनेता जीवन बराल, गायक नन्दु गुरुङ, पथरीशनिश्चरे नगरका सूचना संयोजक सन्तोष राई ,पथरीशनिश्चरे -१ का वडा अध्यक्ष भीम कुमार राई लगायतका विभिन्न संचारमाध्यमका संचारकर्मीहरु, कलाकार तथा नगरवासीहरूले  उनलाई न्यानो स्वागत  - सत्कार गरेका थिए।

विभिन्न स्थानमा आयोजित कार्यक्रममार्फत उनले आफूलाई खल्ती एपमार्फत अत्याधिक भोट गरीदिन सबैमा अनुरोध गरेका थिए।

404463524_747307157259794_8117788869824584162_n

404111107_694065092918695_5937771673072382983_n