हरियाणा,९ माघ । सोमबार अयोध्यास्थित राम मन्दिरमा रहेको रामललाको नयाँ मूर्तिको अभिषेकको स्मरणमा दीपावली संगै भारत देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । भारतका धेरै ठाउँमा रामलीला पनि मञ्चन गरिएको थियो ।
यसैक्रममा सोमबार हरियाणाको भिवानीमा रामलीला मञ्चन गर्ने क्रममा हनुमानको भूमिका निभाएका एक कलाकारलाई हृदयघात भएको थियो । जसका कारण उनको मृत्यु भएको हो । यो घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा देख्न सकिन्छ कि भूमिका निभाउने क्रममा हनुमान अचानक भगवान श्री रामको पाउमा खस्छन् र धेरै बेरसम्म उठ्न नसकेपछि कोलाहल मच्चिएको थियो ।
अयोध्यामा प्राणप्रतिष्ठा कार्यक्रमको उपलक्ष्यमा सोमबार दिउँसो भिवानीको जैन चोकमा स्थानीय समितिको सहयोगमा रामलीला आयोजना गरिएको थियो । दिउँसो मञ्चमा हुदैँ गरेको रामलीलामा भगवान हनुमानको भूमिका निभाइरहेका हरिश मेहता अचानक श्रीरामको भूमिका निभाइरहेका व्यक्तिको खुट्टामा पर्छन् ।
पहिलो नजरमा मानिसहरु भावुक भएर भगवान श्रीरामको पाउमा ढलेको महसुस गर्छन् तर लामो समय सम्म कुनै हलचल नहुँदा कोलाहल मच्चिन्छ । यसै समयमा अन्य कलाकारहरू उनीकहाँ आएर उनलाई एम्बुलेन्समा राखेर नजिकैको अस्पताल पुर्याए । उनलाई अस्पतालमा मृत घोषणा गरिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनको हृदयघातका कारण मृत्यु भएको चिकित्सकले पुष्टि गरेका थिए ।
हनुमानको भूमिका निर्वाह गरेका मृतक हरिश विद्युत विभागबाट जेई पदबाट अवकाश पाएका थिए । उनले विगत २५ वर्षदेखि हनुमानको भूमिका निर्वाह गर्दै आएका थिए । हरिश मेहताको निधनले सबै स्तब्ध छन् । साथि कलाकारहरु भन्छन कि उनीहरुलाई यस्तो हुन्छ भन्ने थाहा थिएन । एजेन्सी




















