लेटाङ,११ मोरङ । नेपालकै दोश्रो जलविद्युत आयोजनाको रुपमा रहेको शिखरवास जलविद्युत आयोजना सञ्चालन भएपछि मोरङको लेटाङ ७ मलिवासेमा झण्डै ८ दशक अघि नै विजुली बलेको थियो । विक्रम संवत् २००० साल आसपासमा स्थानीय चिसाङ खोलाबाट निकालिएको विजुली विराटनगर हुँदै भारतको जोगमनि फार्विसगञ्जसम्म पुर्याएको इतिहास छ । त्यसबेला बनाइएका संरचना अहिलेपनि देख्ने पाइन्छ, भुक्तभोगिका अनुभव पनि सुन्न पाइन्छ ।
२०२३ सालमा पहिरोले पावरहाउस बगाएपछि आयोजना बन्द भयो । त्यस यताका ५७ वर्ष मलिवासे अन्धाकारमै रह्यो । नगरका अन्य विकट भूगोलहरुमा विजुली बलिसक्दा मलिवासेवासी भने अध्यारोमै बस्न बाध्य थिए । ८० वर्षअघि विजुली वालेको गर्विलो इतिहास बोकेको मलिवासेमा गत असारमा मात्र विजुली बल्यो ।
भिडियो हेर्न तलको लिंक खोल्नुहोस
https://fb.watch/pN3NAidccw/
२०७९ सालको स्थानीय तहको निर्वाचनको समयमा घरदैलो गर्न मलिवासे पुगेका नेकपा एमालेको तर्फबाट नगर प्रमुखका उम्मेदवार भूपेन्द्र कुमार लावती र उपप्रमुख उम्मेदवार कृष्णकुमारी निरौलाले मलिवासेमा विजुली बालिदिने आश्वासन दिए र चुनाव पनि जिते ।
चुनाव जितेको १४ महिनापछि मलिवासेमा विजुली बल्यो । चुनावमा विजुली बाल्ने बाचा गरेका मेयर विजुली पुर्याएको ६ महिनापछि मलिवासे पुग्दा उनलाई स्थानीयवासीले मनबाटै स्वागत गरे ।
चुनावका बेला मोवाइलको बत्ती बालेर चिनजान गरेका मलिवासेवासीले झिझिमिलि बत्तीको उज्यालोमा मेयरसँग गफिंदै खुशी साटेका छन् । उनीहरुले अब स्थानीय याचेप्पा खोलामा पुल बनाइ दिन र गाउँमै बालकेन्द्र खोलिदिन माग गरेका छन् । खोलामा पुल नहुँदा वर्षायाममा सडकबाट सम्पर्कविहीन हुनु परेको र बालकेन्द्र नहुँदा साना बालबच्चाहरु २ घण्टा हिंडेर बालकेन्द्र जानु परेको उनीहरुको गुनाशो छ ।























