✍️ शान्ती गुरुङ (पाख्रीन )

भाइ फुटे ग्वार लुटे यसै भनेको किवदन्ति होइन रहेछ भन्नेकुरा स्पष्ट भएको छ।। यसरीनै फुट्दै जाने हो भने स्थानिय तहमा र जनतामा यसको प्रभाव पर्ने कुरा प्रष्ट छ। केन्द्रीय स्तरबाटै विभाजित भएको ने क पा को असर गाउँ गाउँमा पुगिसकेको छ।। आफ्नो आफ्नो गुटबन्दी गर्ने आफ्नो शक्ति प्रदशन गराउन तल्लीन रहेका नेता कार्यकर्ता बिच होडबाजी नै चलेको छ।

हिजो सँगसँगै एउटै थालमा खानाखानेहरु आज बाटो हिड्दापनि नदेखे झै गरि हिड्ने चलन सामाजिक सँञ्जालहरुमा होच्याउने , धम्क्याउने अनावश्यक टिकाटिप्णी गर्ने मानौ सञ्जाल कर्ताहरु न्यायाधीश झै बन्ने प्रविदीले आज संगठन मात्रै होइन गाउघर समाजनै गिर्दो अबस्थामा छ। यसको प्रतयक्ष फाईदा भने विपक्षी पाटीले लिएको देखिन्छ । यसैको असर मोरङ को लेटाङमा पनि देखिएको छ,केहिदिन अघि नेकपा नगर कमिटी सदस्य कमरेड रुद्र श्रेष्ठमाथि नगरप्रमुख शंकर राइद्वारा सार्वजनिक स्थानमै दुर्व्यवहार भएको छ ।

यसरी राजनिती आस्था बोकेको र एउटा पार्टीको नेतृत्वलाई यसरी ललकार्नु सिङ्गो पार्टीलाई हेपेको हो भन्ने कुरा बुझिएको छ । पार्टी एक ढिक्का भएको अवस्थामा बिगतमा नेकपाका नेता तथा कार्यकर्ताहरुले यस्तो दुर्व्यवहार भोग्नु परेको थिएन । त्यस्तो दुर्व्यवहार भै हालो भने को सवैले मिलेर सामना गर्ने शक्ती थियो । आज पार्टी भित्रको विभाजनले गर्दा आधा शक्ती मात्र मौकापारी हेपिनु ,होचाइनु स्वाभाविक नै हुन् तालीको छ । रुद्र कमरेडले बिगत केहि समय अघि देखि बिरोधी भाष अभिब्याक्ती दिदै आउनु भएको थियों तर त्यतिखेर कसैले दुर्व्यवहार गर्न सकेको थिएन किनकी हामि एक ढिक्का थियौ ।

लोकतन्त्रमा बिरोध गर्न र बोल्न पाइन्छ कसैले बिरोध गर्यो भन्दैमा आक्रमण गर्नु निन्दनीय कुराहो मेयर साहबले एउटा नगर पिता, स्थानीय सरकार प्रमुखले कुनै फरक पार्टीको नेता भए पनि पहिले उहा तपाइको जनता हो यसरी जनता प्रति भएको दुर्व्यवहार खेद जनक छ । रुद्र कमरेड राजनीतिक क्षमता भएको ब्याक्तीले बिरोधको उग्रशैली लाइ परिबर्तन गर्न जरुरी छ । त्यसैले एउटा भनाइ छ 'भाइ फुटे गवार लुटे 'आज देखिदै छ नेकपामा फुटका असरहरु ।

https://onlinesagarmatha.com/news/3766