पथरी,११ माघ । मोरङको पथरीशनिश्चरेमा जारी ‘पथरीशनिश्चरे नगर खेलकुद महोत्सव—२०८०’को बुद्धिचाल (चेस)तर्फको खेलमा पूर्व मोरङ जिल्ला च्याम्पियन लोकसागर साम्बालाई पराजित गर्दै निलम बस्नेतले ६ अंक जोडेका छन् ।
आजै (बिहिबार) भएको छैटौ राउण्डको खेलमा अमिर राईले तुलसी भण्डारीलाई पराजित गर्दै ६ अंक जोडेका छन् । अमिर राई मोरङ जिल्लामा दुई पटक च्याम्पियन भएका खेलाडी हुन् । भोली (शुक्रबार) सातौ राउण्डमा अपराजित ६—६ अंक ल्याउने अमिर र निलम बस्नेतवीच प्रतिस्पर्दा हुने आरबिटर डम्बर बाछाना राईले जानकारी दिए ।
प्रतियोगितामा ५/५ अंक ल्याउने रोहित सुम्बा भर्सेज तिर्थराज सुब्बा, कृष्णकुमार राई भर्सेज पुकार राई, लोकसागर साम्बा भर्सेज तेजपाल लिम्बू, देबेन्द्र वनेमसँग साढे ४ अंक भएका तुलसी भण्डारीवीच प्रतिस्पर्धा हुने भएको छ ।
महोत्सव सुरुहुँदा नगरपालिकामा रहेका १सय२ जना बुद्धिचाल खेलाडी सहभागी थिए । सातौ राउण्डमा आइपुग्दा ७२ जनाले खेलिरहेको आरबिटर डम्बर बाछना राईले बताए ।
माइन गेम भनेर चिनिने बुद्धिचाल स्वीस लिग अन्तरर्गत भइरहेको फिडे रेटिङ टुर्नामेन्ट ९ राउण्ड खेलाइने पथरीशनिश्चरे नगर खेलकुद समितिका सदस्य समेत रहेका खेलाडी लोकसागर साम्बाले बताए । एक आपसमा भिडिरहेका अमिर राई, लोकसार साम्बा, तुलसी भण्डारी, निलम बस्नेत फ्रेण्डसिप चेस क्लवका पदााधिकारी सदस्य हुन् ।
स्वीस लिग अनुसार जित्ने खेलाडीले एक र बराबर हुँदा आधा अंक जोडिने गर्दछ । पुरा राउण्ड खेल्दा सबैभन्दा बढी अंक ल्याउने प्रथम, क्रमस कम अंक ल्याउने दोस्रो, तेस्रो र बराबर भए खेल अवधिभर हुने प्रोगेशिप (विकास)को आधारमा विजेता छनोट हुने आरबिटर (निर्णयक) डम्बर बाछना राईले बताए । प्रतियोगितामा सातौसम्म हुने खेलाडीहरुको लागि नगदसहित पुस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ । महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, कराँते, तेक्वान्दो र मिनि म्याराथुन गरी ७ विधामा प्रतियोगिता भइरहेको छ ।




















