धरान,१४  माघ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ चालक तथा अन्य मजदुरहरुलाई सम्मान गरेकोछ । 

संगठन धरानको १५ औँ अधिवेशनको अवसरमा मजदुरहरुलाई सम्मान गरिएको हो । 

सम्मानित हुनेहरुमा लामो समयदेखि चालकपेशामा रहेर सडक दुर्घटना नगर्ने चालकहरु उपेन्द्र कार्की, सहदेव सतार, प्रदिप श्रेष्ठ, राजेन्द्र धिमाल, घुरनलाल चौधरी, रुद्र तामाङ, सहचालक राजकुमार कर्ण, बुकिङ बालकुष्ण बुढाथोकी र रिक्सा चालक जीवन खड्का रहनुभएकोछ । 

संगठनका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भीमज्वाला राईले सम्मान पत्र र नगद १ हजार १ सय सहित सम्मान गर्नु भएको थियो ।

414999056_784644043087030_478454882880023124_n