क्राइम न्युज : भारतको सूरत सहरमा एक व्यक्तिले छिमेकीकहाँ टमाटर माग्न जादाँ उनले मित्यु नै भोग्नु पर्यो । टमाटर माग्न गएका एक युवकलाई छुरा  प्रहारगरी हत्या गरेका छिमेकीलाई  प्रहरीले पक्राउ गरेको छ ।

यो घटना भारतको सूरत शहरको सरथाना थाना क्षेत्रको हो। लसकाना गाउँको बापा सीताराम हल पछाडिको द्वारकेश सोसाइटीमा भाडाको घरमा बस्ने ४० वर्षीय विद्याधर श्यामलको छिमेकी कालुचरण सन्तोष गुरुसँग माघ २६ गते राति झगडा भएको थियो । सो झगडामा छिमेकी विद्याधरको घटनास्थलमै मृत्यु भएको थियो । मृतक विद्याधर श्यामल र उनको हत्या गर्ने कालुगुरु सन्तोष गुरु दुवै छिमेकी थिए ।

pkrauमाघ १५ गते राति विद्याधरको घरमा पाहुना आएकाले तरकारी बनाउन टमाटर लिन छिमेकी कालुगुरु सन्तोषगुरुको कोठाको ढोका ढकढक्याएका थिए  । तर कालुगुरु सन्तोष गुरुले आफ्नो कोठाको ढोका खोलेनन् । भोलिपल्ट यही विषयलाई लिएर दुवैजना भेटिएपछि उनीहरुबीच चर्काचर्की  सुरु भयो ।

यही विवादका क्रममा कालुगुरु सन्तोष गुरुले विद्याधरलाई भने, ‘त राती मेरो घरमा टमाटर माग्न किन आइस भन्दै झगडा सुरु भएको थियो ।यो झगडाका क्रममा टमाटर माग्न गएका विद्याधरको पेटमा छिमेकी कालुगुरुले छुरा हानेका थिए ।

छुरा प्रहार गर्नेबित्तिकै विद्याधर श्यामल बेहोस भएर घटनास्थलमै लडे र उपचारका लागि अस्पताल लैजानुअघि नै उनको मृत्यु भएको थियो । सुरत प्रहरीका एसीपी प्रकाश पटेलले टमाटर मागेको यस हत्यामा संलग्न कालुगुरु सन्तोष गुरुलाई पक्राउ गरिएको बताए । एजेन्सी