लेटाङ,२० माघ । मोरङको लेटाङमा  तेस्रो चिसाङ खुल्ला  नकआउट फुटबल प्रतियोगिता २०८० हुने भएको छ । यहि माघ २४ गतेबाट फागुन ३ गतेसम्म प्याब्सुल खेल मैदानमा प्रतियोगिता हुने आयोजक चिसाङ युवा क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।

उक्त प्रतियोगितामा झापा, मोरङ र सुनसरीका ८ टिमहरू समावेश हुनेछ । प्रतियोगिताको उदघाटन खेल माघ २४ गते पथरी ११ र लेटाङ एफसीबीच हुनेछ भने फाइनल खेल फागुन ३ गते हुने आयोजक क्लवले जनाएको छ । 

प्रतियोगिता विजेताले उपाधि ट्रफी सहित रु १ लाख २० हजार तथा उपविजेताले ट्रफी सहित रु ६५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरूको म्यान अफ द म्याच तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत नगद तथा ट्रफीको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । 

May be an image of textलागू औषत दुर्व्यसन तथा बाल हिंसा मुक्त समाज निर्माण गरौं भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगितालाई नेपाल सरकार खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदको सहयोग रहनेछ । साथै लेटाङ नगरपालिका, विभिन्न सहयोगी दाता तथा खेलप्रेमीहरूको सहयोगमा रु १२,१५,६६०।- को लागतमा प्रतियोगिता सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई सपोर्ट पुनस्थापना केन्द्र, पथरी र उज्यालो जीवन प्रतिष्ठान, जाँतेले सहप्रायोजन गरेका छन । प्रतियोगिताका खेलहरू मिडिया पार्टन लेटाङ खबरले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।