काठमाडौं– हालै एसईईमा बि प्लस जिपिए पास गरेकी अभिनेत्री करिष्मा मानन्धरले सो खुसी सबै माझ साटेकी छन् । उनले शनिबार ज्ञानेश्वरको एटिक रेष्टुरेन्टमा सँगै पढेका स्कुले साथी भाई र स्कुलका गुरुहरु तथा फिल्मक्षेत्रका सहकर्मीलाई एसईई पास भएको उपलक्ष्यमा पार्टी दिएकी थिइन् ।
पार्टीमा चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, वितरक गोपालकाजी कायस्थ, कोरियोग्राफर, गोविन्द राई, अभिनेता भुवन केसी, रमेश उप्रेती, अभिनेत्री नम्रता श्रेष्ठ, शिल्पा पोखरेल, छुल्ठिम गुरुङ, कविता गुरुङ, पत्रकार विजयरत्न तुलाधर, निर्देशक दीपाश्री निरौला लगायत पुगेका थिए ।
एसईई पास भएपछि थुप्रै प्राइभेट कलेजमार्फत आफ्नो लागि अध्ययन प्रस्ताव आएको बताउँदै आएकी करिष्माले आफु सरकारी कलेजमा पढ्ने तयारी गरेको बताएकी छन् ।




















