झापा,२३ माघ  । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापाकाे शिवसताक्षी नगरपालिका-४ मा निर्मित सौर्य ऊर्जा विद्युत परियोजनाको उद्घाटन गर्नुभएकाे छ ।

May be an image of 4 peopleझापा इनर्जी लिमिलेडले निर्माण गरेकाे १० मेगावाट क्षमताकाे ग्रीडमा जडित साैर्य विद्युत परियाेजनाकाे अध्यक्ष ओलीले मंगलबार उद्घाटन गर्नुभएकाे हाे । झापा इनर्जीले निर्माण गरेको साे परियाेजना सौर्य परियोजनाहरूमध्येकै ठूलो हाे ।

साे सौर्य ऊर्जा परियोजनाबाट उत्पादित उर्जा राष्ट्रिय ग्रिडमा जडान भइसकेको छ । त्यसबाट उत्पादित १० मेगावाट बिजुली नेपाल विद्युत प्राधिकरणको बोलोचोक सबस्टेसनमा जोडिएको हाे ।

May be an image of one or more people, crowd and text that says 'सर्य शाप चिन्ह'झापा निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधि सभा सदस्य लालप्रसाद (एलपी) साँवा लिम्बूसहितको सक्रियतामा साे परियाेजना सुरु भएकाे थियाे । साे सौर्य ऊर्जा परियोजनाको संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले शिलान्यास ०७८ सालमा गर्नुभएकाे थियाे ।

May be an image of 11 people and text that says 'भापा इनर्जी लिमिटेड'