विराटचोक,२४ माघ । मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित सुकुना माध्यमिक विद्यालयमा 'सुकुना सिङ्गिङ एण्ड डान्सिङ आइडल २०८०  भएको छ । सोमबार भएको  टप १० जाना प्रतियोगीहरुको स्टेज पर्फमेन्सबाट ५ जना प्रतियोगी ग्राण्ड फिनालेकालागि छनौट भएका छन् ।

छनौट हुनेमा सिङ्गिङतर्फ जसिन आलम,आयुस्मा लिम्बु,डेनिस श्रेष्ठ ,युनिक राई र  नमन साह गरी  ५ प्रतियोगीहरु  ग्राण्ड फिनालेमा छनौट  भएका छन भने डान्सिङ्ग आइडल तर्फ कामना श्रेष्ठ, सपना पौडेल, अन्जना मगर, लोइस्मा थापा,आयुसा  श्रेष्ठ छनौट भएका छन् ।

उक्त आइडलमा दुर्गा पराजुलीले गायन तर्फ र इश्वरीप्रसाद सिग्देलले  नृत्य तर्फ निर्णायकको भूमिका निर्वाह गरेका  थिए । आइडलको  ग्राण्ड फिनाले सरस्वती पुजाको अघिल्लो दिन अर्थात फागुन १  गते हुने विद्यालयका निमित्त प्रध्यानाध्यापक राजेन्द्रले गरीले जानकारी दिए । फिनालेमा प्रथम द्वितिय तृतीय र सान्त्वना हुने प्रतियोगिलाई नगद सहित पुरस्कार वितरण गरिने विद्यालयले जनाएको छ ।

May be an image of 12 people, people smiling and textविद्यार्थीहरुको प्रतिभा पहिचानलाई प्रस्फुटन गर्नेउदेश्यका साथ उक्त आइडलको आयोजना गरिएको निमित्त प्रध्यानाध्यापक गिरीले बताए, । आइडलले कला सांस्कृतीकको जगेर्ना र  मनोरन्जनसरी सिकाई,भाईचाराको सम्बन्ध सिकाई, राष्ट्रिय स्तरका कलाकारको उत्पादनमा सहयोग पुग्ने ,सामाजिक दायित्व समेत हुनेछ," गिरीले भने । 

कार्यक्रमको अवधारणा सहित सुरुवात गरेका ज्ञानेन्द्र सुवेदीको संयोजकत्वमा विद्यालयले सांस्कृतिक उपसमिति गठन गरेको छ ।  उपसमितिमा खगेन्द्र रिजाल, अनिल थापा, यशोदा धमाल,सुस्मिता निरौला, कामना श्रेष्ठ, दिपिका तामाङ्, अजयकुमार साह, अनिता गौतम सदस्य रहेका छन् । उक्त कार्यक्रममा प्रतियोगि विद्यार्थीहरु  संगै  विद्यालयका शिक्षक,शिक्षिका तथा दर्शकहरुले नाचेर रमाइलो गरेका थिए । 

May be an image of 8 people, dais and textMay be an image of 2 people and people smilingMay be an image of one or more people and crowd