पथरी,२५ माघ । पथरी शनिश्चरे नगर स्तरीय प्याब्सन भलिबल टुर्नामेन्टको उपाधि भूपू सैनिक स्कुल र एभरेष्ट माविले हात पारेको छ । 

पथरी शनिश्चरे–१ मा अवस्थित भूपू सैनिकको प्राङ्गणमा भएको पुरुष भलिबलको उपाधि भूपू सैनिक स्कुल र महिला भलिबलको उपाधि एभरेष्ट माविले प्राप्त गरेको हो । 

आज भएको फाइनल प्रतियोगितामा पुरुषतर्फको खेलमा अरुणोदयको टिमलाई ३–१ ले हराउँदै भूपू सैनिकले उपाधि चुमेको हो । 

1ea7ed6d-9568-41e2-a669-247e1686f139यस्तैगरी महिलातर्फको फाइनल खेलमा भूपू सैनिकलाई २–० को सोझो सेटमा हराउँदै एभरेष्ट माविले उपाधि आफ्नो पोल्टामा पारेको हो । विजेता दुवै टिमलाई पथरी शनिश्चरे नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख शालिग्राम काफ्ले, शिक्षा अधिकृत नविन खुलाल  नगर प्रमुख सल्लाहकार उपेन्द्र कडेल, सल्लाहकार नोवलकिशोर खनाल, जिल्ला सदस्य राजु तिम्सिना, नगर अध्यक्ष सुरेन्द्र लिम्बुले संयुक्त रुपमा शिल्ड तथा मेडल प्रदान गरेका थिए। 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल नगर कार्य समिति पथरी शनिश्चरेले आयोजना गरेको प्रतियोगिता माघ २३ र २४ गते सञ्चालन गरिएको हो । प्याव्सन नगर सचिव सन्तोष बस्नेतले सञ्चालन गरेकाे कार्यक्रमको संयोजन सुजन बास्तोलाले गरेका थिए।

32149ea5-1c3c-4570-a3ea-a96d44a0fa03b3870120-b4a7-4f3f-bb6c-0667e559b753