पथरी,२ माघ । मोरङको पथरीमा पथरी जेसीजको दोस्रो बोर्ड बैठक सम्पन्न भएको छ । पथरीशनिश्चरे १० स्थित जेसीजको सचिवालयमा शनिवार बसेको बैठकले विभिन्न ७ वटा महत्वपूर्ण निर्णयहरू गरेको छ ।
बैठकले हाल पथरीशनिश्चरे १० को जिरीखिम्तीमा रहेको पथरी जेसीजको सचिवालयको भवनलाई थप मर्मत सम्भार तथा व्यवस्थापन गर्ने निर्णय गरेको छ। सोका लागि वर्तमान कार्यसमितिका पदाधिकारीहरुले स्वेच्छिक आर्थिक रकम संकलन गरेका छन्। जेसीजको वर्ष २०१४ का अध्यक्ष जीवन कट्वालको पहलमा पथरीशनिश्चरे १० को जिरीखिम्तीमा जेसीज सचिवालयको स्थापना गरिएको थियो।
सोहि बैठकले पूर्वअध्यक्ष क्लबको ( बोर्ड अफ ट्रस्टी) अध्यक्षमा ( BOT) जीवन कट्वाल अध्यक्षमा चयन गरेको छ । प्रथम महिला भाउजुहरूको क्लब संस्थापक प्रथम महिला हिमा कार्की शंकरको अध्यक्षतामा क्लब गठन गरेको छ। यि दुबै क्लबको कार्यकाल २ वर्षको रहने पनि निर्णय गरिएको छ ।
साथै ,बैठकले नेपाल जेसीजको राष्ट्रिय बोर्डले वर्ष २०२४का हरेक महिना निर्दिष्ट गरेका कार्यहरूलाई शतप्रतिशत पुर्णता दिएको भन्दै पथरी जेसीज सम्मानित गरेकोमा धन्यवाद प्रस्ताव अनुमोदन गरेको छ । लेटाङ्ग जेसीजका पूर्व अध्यक्ष निमेष कुमार वस्तीको गत २५ गते भएको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
त्यस्तै बैठकले विगत एक वर्ष देखि भारतमा बेपत्ता अवस्थामा रहेका पथरीशनिश्चरे १० का लोक बहादुर धिमाललाई उद्वार गरी परिवार संग पुनर्मिलन गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जेसीजका अध्यक्ष राजकुमार विश्वकर्मा सहित पदाधिकारीहरुलाई विशेष बधाई ज्ञापन गरिएको थियो।
बेपत्ता अवस्थामा रहेका धिमाललाई उद्दार गरी भारतको पश्चिम बंगाल, कलकत्तामा रहेको श्री जानकी माता नेपाली धार्मिक संघका गोपाल लाल टैगोरले मेची पुलसम्म ल्याई आफन्त र परिवारसित मेल गराएका थिए । धिमाललाई परिवारसँग पुनर्मिलन गराई दिन महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै संघका गोपाल लाल टैगोरलाई पथरी जेसीजले सम्मान पत्र प्रदान गरेको थियो ।
बैठकमा वर्ष २०२३ का अध्यक्ष सुवर्ण खत्री, लगायतका बोर्ड पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो। वर्ष २०२४ का अध्यक्ष तथा जेसीआई सिनेटर राजकुमार विश्वकर्माको अध्यक्षतामा बसेको बैठकलाई महासचिव निर्मला भट्टराईले संचालन गरेकी थिइन् ।




















