एजेन्सी - बंगलादेशमा हिन्दू धर्मालम्बी र हिन्दू मन्दिरहरूमा लगातार आक्रमण भइरहेको समाचार आइरहेको छ । पछिल्लो घटना सरस्वती पूजाको दिनको हो । यहाँ एक ठाउँमा केही ब्याक्तिहरुले सरस्वती पुजा मण्डपमा आक्रमण गरी तोडफोड गरेका छन् ।
त्यसपछि केही मुस्लिमहरूले हिन्दूहरूलाई आफ्नो घर र परिवार छोड्न आग्रह गरेका छन् । यसबाहेक अन्य ठाउँमा पनि सरस्वती मण्डप भत्काएर हिन्दुको घरमा आगजनी गरिएको थियो ।
भारतिय सञ्चारमाध्यमको जानकारी अनुसार पहिलो केस ब्राह्मणबरिया जिल्लाको पाईकपारा क्षेत्रको हो। यहाँ केही मुस्लिम युवाले सरस्वती पुजा मण्डप भत्काइदिएका छन् । यति मात्र होइन विध्याकी देवी सरस्वतीको मुर्ति तोडिए पछि हिन्दू परिवारले प्रहरी चौकीमा उजुरी दिए पनि प्रहरीले कुनै कारबाही नगरेको आरोप छ । यस्तो अवस्थामा बंगलादेशी हिन्दूहरूमा आक्रोश छ।
यस्तै दोस्रो घटना पटुआखाली जिल्लाको हो । यहाँ पनि केही मुस्लिम धर्मावलम्बीहरूले हिन्दूहरूलाई आफ्नो घर र जग्गा छोड्न आग्रह गरेका छन्। यति मात्र होइन, पैसा पनि मागेका छन् । तेस्रो घटना दिनाजपुर जिल्लाको हो । यहाँ बाँसेरहाटस्थित विश्वविद्यालयमा मुस्लिम विद्यार्थीले सरस्वती पूजा मण्डपमा तोडफोड गरेपछि हिन्दू र मुस्लिम विद्यार्थीबीच झडप भएको छ । अर्को घटना फिरोजपुर जिल्लाको हो। यहाँ डुमुरितला युनियनमा रहेका हिन्दु घरमा केही उपद्रदियोहरुले आगजनी गरेका छन् । दुबै हिन्दुहरुको घर जलेर खरानी भएको छ ।



















