लंग आइल्याण्ड  - अमेरीकाको न्युयोर्क स्थित लंग आइल्याण्ड नेपाली समाजको नयाँ कार्यसमितिका लागि फेब्रुअरी २४ मा निर्वाचन हुदैँछ । सो निर्वाचनमा एलिजावेथ ढकालले सदस्य पदमा उम्मेदवारी दिएकी छन् ।

 १६ वर्ष देखि अमेरिका बस्दै आएकी एलिजावेथ एतिखेर मत माग्न सक्रिय देखिएकी छन् । मत माग्ने क्रममा उनले नेपालीहरुमाथि आइपर्ने आपत विपतमा सहयोग गर्ने उदेश्यका साथ् आफुले उम्मेदवारी दिएको बताइन । 

आफु इकोडर देशमा जन्मेपनि श्रीमानको जन्म नेपालमा भएको हुदाँ  नेपाल र नेपाली संग प्रतक्ष्य सम्बन्ध जोडिएको उनले बताइन । उनले भनिन मेरो जन्म नेपालमा नभएपनि नेपाल नेपालीहरुको सुख दु:खमा साथदिन सधै आर्थिक,नैतिक सामाजिक रुपमा सहयोग गर्न अग्रसर हुने गरेकी छु'-उनले भनिन । यसैक्रममा मैले नेपाल र नेपालीहरुको कला सस्कृति विविधता सँग जोडिने मौका पाएकी छु र नेपाल र नेपालीहरु सँग अझ प्रगाढ सम्बन्ध बनाउन इच्छा रहेको हुदाँ आउदो निर्वाचनमा आफुलाई विजयी गराउन उनले अनुरोध गरिन ।

77f842ea-a2ef-47b9-acd9-826a24dc4d02एलिजावेथको मिलनसार व्यवहार र सहयोगी मनकी धनि उनलाई जिताउन सक्दो सहयोग गर्ने लंग आइल्याण्ड न्युयोर्कमा  बस्दै आएका नेपालीहरुले बताएका छन् । विदेशी मुलकी छोरी भएपनि नेपाल र नेपालीहरुको  कला सस्कृति र भावनालाई उच्च सम्मान गर्दैआएकी एलिजावेथलाई विजयी गराएमा उनले नेपाल र नेपालीप्रति देखाएको भावनाको कदर हुने देखिन्छ । मोरङको सुन्दरहरैंचा ३ स्थित गछियामा जन्मिएका टिकाराज ढकाल सँग वैवाहिक सम्बन्धमा गासिएकी उनी बाबुराम शर्मा नेतृत्वको टिमबाट सदस्य पदमा उम्मेदवारी दिएकी हुन् ।

Untitled-3 (1) 21ताजा समाचारहरु हेर्न हाम्रो फेसबुक पेज लाइक गर्नुहोस !! कृपया यहाँ क्लिक गर्नुहोला