विराटचोक - लोकप्रिय गायक हेमन्त शर्मा यही फागुन १९ गते मोरङको सुन्दरहरैँचा आउने भएका छन् । सुन्दरहरैँचा १० स्थित 'द राइजिङ इङ्ग्लिस बोर्डिङ स्कुल'को ३२औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा उनी आउने भएका हुन् । 

विद्यालयको उक्त कार्यक्रमको मुख्य आकर्षणका रूपमा ख्याति प्राप्त  गायक, सङ्गीतकार एवम् गीतकार हेमन्त शर्माको विशेष साङ्गीतिक प्रस्तुति रहने विद्यालयका प्रिन्सिपल गोपाल पाठकले जानाकारी दिए । 

जीवनोपयोगी शिक्षासँगै संस्कार, ज्ञान, चेतना र कला सिकाउने विद्यालय 'द राइजिङ इङ्ग्लिस बोर्डिङ स्कुल' को उक्त कार्यक्रममा पुरस्कार वितरणसहित गायक शर्माको साथमा स्थानीय कलाकार र विद्यार्थीहरूको साङ्गीतिक प्रस्तुति रहने विद्यालय सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

विद्यालयको  प्राङ्गणमा बिहान १० बजेदेखि सुरु हुने कार्यक्रममा सम्पूर्ण नगरबासी महानुभावहरूमा उपस्थितिका लागि विद्यालयले निमन्त्रणासमेत गरेको छ । सयभन्दा बढी गीत गाइसकेका गायक शर्माका ‘माया सारै महँगो’,  थाप न थाप’, आउँदै गर मालती’, मूल हौ भने रसाइदेऊ’ बोलका गीतहरू  निकै चर्चित छन् ।

May be an image of 4 people, hospital and text that says "English adng 1he Estd:2049 lacha-10, द राइजिड इडलिस बोर्डिंड स्कूल सुन्दरहरैंचा-१०, विराटचौक, मोरड हार्दिक निमन्त्रणा यही मिति २०१० साल फाल्गुण १९ गते शनिबारका दिन यस विद्ालयको ३२औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रमका साथ मनाइॅने भएको हँदा सो समारोहमा यहाँको गरिमामय उपस्थितिका लागि सादर निमन्त्रणा गरिन्छ गायक हेमन्त शर्मा मिति: २०१०/११/१९ गते शनिबार मुख्य आकर्षण समय: बिहानको १०:०० बजे लोकप्रिय गायक हेमन्त शर्माका साथ स्थानीय स्थान विद्यालयको प्राइगण कलाकार र विद्यार्थीका बेजोड प्रस्तुतिहरू!"