पथरी - मोरङको पथरीशनिश्चरे १० को प्रस्तावित खेलमैदानमा जारी राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रित रिफुजी च्यालेन्ज कप को मंगलबारको खेलमा वाई एफ सी विजयी भएको छ।
प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा डाँगीहाट फुटबल क्लबलाई १ -० को गोल अन्तरले पराजित गर्दै पथरीको वाई एफ सी विजयी भएको हो ।
खेलको ४१ औं मिनेटमा वाई एफ सी को जर्सी नं ९ का अंकित लिम्बुले विपक्षीको डिएरिया भित्रबाट गरेको गोल नै विजयको लागि प्रर्याप्त बनेकाे थियाे। खेलमा वाईएफ सीका तर्फबाट अन्तराष्ट्रिय खेलाडीहरू क्रमशः ग्लोरी र अलीले पनि खेलेका थिए। जितसँगै वाईएफ सी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सन्सनीपूर्ण प्रतिस्पर्धामा ' वाई एफ सी का जर्सी नं ०४ का युकेश तामाङ म्यान अफ दि म्याच घोषित भए। उनलाई संविधान सभाका सभासद् चण्डीप्रसाद राई , पथरीशनिश्चरे १० का वडाध्यक्ष जीवन खतिवडा, पथरीशनिश्चरे नगरका खेलकुद विकास समितिका संयोजक दिपक राई, लगायतले नगद ३ हजार रुपैयाँ सहित ट्रफि प्रदान गरे ।
भोलिको खेल युएफसी बेलडाँगी र धरान फुटबल क्लब बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ।




















