विराटचोक - मोरङको सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा खेलकुद कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिको वार्षिक कार्ययोजना अनुसारभएको उक्त कार्यक्रमको शुक्रबार सम्पन्न भएको हो ।

फागुन ३ गते देखि १८ गतेसम्म भएको उक्त कार्यक्रममा  विभिन्न तह‚ सङ्काय र  कक्षाहरूमा अध्ययनरत विद्यार्थीहरूका लागि एथलेटिक्स‚ भलिवल‚  क्रिकेट‚ वास्केटवल र फुटवल खेल प्रतियोगिता गरिएको क्याम्पसले जनाएको छ ।

कार्यक्रममा एथलेटिक्सतर्फ  १०० मिटर दौडमा ७ जना छत्र र ९ जना छात्रा‚ २०० मिटर दौडमा ७ जना छात्र र ९ जना छात्रा‚ ४०० मिटरम १० जना छात्र र ८ जना छात्रा‚ ८०० मिटर दौडमा ५ जना छात्र र ६ जना छात्रा र १५०० मिटर दौड ८ जना छात्र र ६ जना छात्रा सहभागी भएका थिए  ।

 हाइजम्प खेलमा १८ जना छत्र र ११ जना छात्रा ‚ लङजम्प खेलमा १९ जना छात्र र १४ जना छात्रा तथा सटपुट खेलमा ९ जना छत्र र १६ जना सहभागी भएको स्ववियु सचिव एलिश ओझाले जानकारी गराएका छन् । 

a7b00d3e-a6da-45a8-bf02-68578c7befdeभलिवल खेलमा छात्रातर्फ जम्मा ५ वटा टिम रहेकोमा बिबिएस‚ बिएस्सि‚  बिएडको संयुक्त टोली प्रथम र बिबिएस‚ बिएस्सिको टोली द्वितीय भएको र छत्रतर्फ  जम्मा १३ टिम रहेकोमा बिबिएस‚ बिएस्सि‚  बिएडको संयुक्त टोली प्रथम र बिबिएस‚ बिएस्सिको टोली द्वितीय भएको जानकारी अतिरिक्त क्रियाकलाप समितिका सदस्य मनिषकुमार थापाले जानकारी दिए  । क्रिकेटतर्फ जम्मा १० वटा टिम सहभागी भएकोमा  बिआईसिटीईले प्रथम स्थान र बिबिएस कक्षाले द्वितीय स्थान हासिल गर्न सफल भएको जानकारी समितिका सदस्य खगेन्द्रराज दाहालले  जानकारी दिए  । 

बास्केट वल खेलमा जम्मा ६ समूह सहभागी भएकोमा बिबिएस चौथो वर्षको समूह प्रथम र बिबिएस तेस्रो वर्षको समूह दोस्रो भएका छन् । फुटवल खेलतर्फ जम्मा २० टिम सहभागी भएकोमा बिबिएस समूह प्रथम र बिएड/बिआईसिटिई समूह द्वितीय भएको जानकारी अतिरिक्त क्रियाकलाप समितिका संयोजक विदुर सुवेदीले जनाएका छन् । 

49e0ba7f-4ac8-4a8c-b8c5-0fd66f3b4ccaउक्त अतिरक्त क्रियाकलाप कार्यक्रम क्याम्पस र स्ववियुले सयुक्त रुपमा सञ्चालन गरेको थियो भने सबै विद्यार्थी सङ्घ सङ्गठनले सहयोग तथा समन्वय गरेका थिए । क्याम्पसले सञ्चालन गर्ने यस्ता अतिरिक्त क्रियाकलापहरूबाट विद्यार्थीहरूको शारीरिक‚ मानसिक‚ सामाजिक र सिर्जनात्मक क्षमता अभिवृद्धि हुने तथा उनीहरूको क्षमता पहिचान हुने भएकाले यस्ता कार्यक्रमहरू आवधिक रुपमा गरिने विचार क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले प्रस्तुत गरेका छन् । 

विभिन्न खेलमा प्रथम र द्वितीय हुने विद्यार्थीहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ । जसअनुसार भलिवल‚ फुटवल‚ वास्केटवल र क्रिकेटमा प्रथम हुने प्रत्येक समूहलाई रु. १०हजार पाँच सय नगद ‚ मेडल र प्रमाणपत्र तथा द्वितीय हुने प्रत्येक समूहलाई रु. पाँच हजार ५ सय नगद‚ मेडल र प्रमाणपत्र तथा एथलेटिक्स तर्फ प्रथम‚ द्वितीय र तृतीय हुनेलाई  मेडल र प्रमाणपत्रबाट सम्मान गरिने जानकारी सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले बताए । खेलाडिहरूलाई फागुन २३ गते बुधबार विहान ७ बजेदेखि पुरस्कार वितरण गरिने कार्यक्रम रहेको जानकारी अर्का सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले दिए।

3ca51d75-1d22-4495-9977-af579bf52b8b