खाँदबारी- संखुवासभाको खाँदबारीमा  श्रीमतीको हत्या गरेर श्रीमान् फरार भएका छन्।  सदरमुकाम खाँदबारी नगरपालिका– ७ का २६ वर्षीय विना राईको हत्या गरेर श्रीमान् २७ वर्षीय मंसिरे शेर्पा फरार रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जगेबुले जानकारी दिए।

गए राति सामान्य घरेलु विवादका कारण शेर्पाले श्रीमतीको  हत्या गरेको प्रहरीले जनाएको छ । मृतकको शरीरमा नीलडाम, कुटपिट र अचानोले टाउकोमा हानेको चोट देखिएको प्रहरीको भनाइ छ।  मृतकको शव पोस्टमार्टमका लागि संखुवासभा जिल्ला अस्पतालमा राखिएको छ।

गाडीचालक समेत रहेका  शेर्पाको घर खाँदबारी नगरपालिका– ११ आङ्ला रहेको र श्रीमतीको माइतीघर सिलिचोङ भई केही समयदेखि भाडामा खाँदबारीमै बस्दै आएका थिए।

हत्यालगत्तै फरार भएका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।