अछाम - अछामको  साँफेबगर नगरपालिका–१ स्थित वैद्यनाथ धाममा जारी कोटिहोमको मुख्य हवनकुण्डमा आगलागी भएको छ ।

(शनिबार) दिउँसो भएको कोटीहोम महायज्ञको आगलागीबाट हवनकुण्ड जलेर नष्ट भएको छ भने मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

 हवन गर्नेक्रममा आगोको झिल्कोले खरले छाएको कुण्डमा आगो सल्किँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । स्थानीय, दर्शनार्थी र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।

१४४ वर्षपछि वैद्यनाथ धाममा भएको कोटिहोमको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए । फागुन १० गतेबाट सञ्चालन भइरहेको कोटिहोम २५ गतेसम्म चल्नेछ ।